चट्याङले लागेर तीन वर्षीया नाबालकसहित तीन जना घाइते

०२ बैशाख । बागलुङको काठेखोला गाउँपालिका–७ रेशमा सोमबार राति हावाहुरीसँगै परेको चट्याङले लागेर तीन वर्षीया नाबालकसहित तीन जना घाइते भएका छन् । रेशको कुँवरथरका ८८ वर्षीया लालबहादुर कुँवर, २४ वर्षीया पवित्रा कुँवर र उहाँका तीन वर्षीया छोरा घाइते भएका हुन् ।

घाइतेको धौलागिरी अञ्चल अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ । चट्याङका कारण पवित्राको घरको ढोका फुटेको छ । चट्याङका कारण गोठमा बाँधिराखेका पशु चौपायसमेत घाइते भएको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *