चर्चित फ्रेन्चाइज लिग ईपीएलको नयाँ तालिका क्रिस गेलको उपलब्धता हेरेर तय गरिने

काठमाडौं, २४ बैशाख । नेपालको चर्चित फ्रेन्चाइज लिग एभरेष्ट प्रिमियर लिग (ईपीएल) को नयाँ तालिका विश्वचर्चित क्रिकेटर क्रिस गेलको उपलब्धता हेरेर तय गरिने भएको छ ।

ईपीएल खेल्न गत जनवरीमा गेलले पोखरा राईनोजसँग सम्झौता गरेका थिए । तर, गत चैत १ गते हुने लिग कोरोना भाइरसको महामारीका कारण अनिश्चितकालका लागि स्थगित गरिएको थियो ।

ईपीएलका प्रबन्ध निर्देशक आमीर अख्तरले अहिले नै ईपीएलको अर्को मिति तय गर्न निक्कै कठिन भएको बताएका छन् । उनले ईपीएल नेपालका लागि अन्तर्राष्ट्रिय स्तरको टि–ट्वान्टी बन्ने तर्खरमा रहेको बेला अन्तर्राष्ट्रिय खेलाडीहरु उपलब्ध हुन सक्ने समयमा पनि ध्यानमा राख्नुपर्ने आवश्यकता औल्याएका छन् ।

यसपटक ईपीएलमा गेल बाहेक मोहम्मद शहजाद, पल स्टर्लिङ, केविन ओ ब्रायन, उपुल थरङ्गा र कोरी एन्डरसन जस्ता चर्चित विदेशी खेलाडीहरु समेतको सहभागीताका लागि सम्झौता गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *