चर्चित हाँस्य कलाकार सुबोध गौतम ‘एकदुमे’का पिताको निधन

काठमाडौं-चर्चित हाँस्य कलाकार सुबोध गौतमका पिताको निधन भएको छ । गौतमका पिता शिवकुमार गौतमको आईतबार ६२ वर्षको उमेरमा आफ्नै निवास ओखलढुंगाको कुन्तादेविमा निधन भएको हो ।उनी लामो समय देखी दमको रोगी भएको बताइएको छ ।

दमका कारण स्वास्थमा थप सास्या आएपछि उनलाई उपचारको लागि सामुदायिक मिशन अस्पताल सोब्रुमा दुई हप्ता राखेर स्वास्थ्यमा केही सुधार आएपछि घर फकाइएको थियो । घर फकाइएको २० दिनपछि उनको निधन भएको बताइएको छ ।

करिव पन्ध्र बर्ष अघिदेखि हास्य क्षेत्रमा लागेका गौतमले हर्के हवलदार, भद्धगोल, सक्किगोनी लगाएत आधा दर्जन टेलिसिरियलमा अभिनय गरेका छन । गौतमले भद्धगोल र सक्किगोनिमा प्रयोग गरेको थेगो एकदुमसंगले हाल निक्कै चर्चामा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *