चार दिनसम्म भोकभोकै हिँडेर सुर्खेत

सुर्खेत – बर्दियाको बाह्रबर्दिया नगरपालिलिकाका महेश चौधरीसहितका १२ जना युवाहरु लकडाउन सुरु हुनु पाँच दिनअघि मात्रै गाडी चढेर जुम्ला पुगेका थिए। सदरमुकाम खलंगा नजिकै सरकारी भवन र पुल निर्माणको काम थियो।

पाँच महिनामा घर निर्माण सम्पन्न गरेर फर्कने योजना बनाएका उनीहरुलाई बन्दाबन्दी (लकडाउन) को मारमा परे। लकडाउन खुल्ने आशमा उनीहरु दुई सातासम्म सदरमुकाममै बसे। लकडाउनको अवधि बढ्दै गयो। सापटी मागेर दैनिक गुजारा चलाउन समस्या हुन थाल्यो। उनीहरु लगातार चार दिन र रात हिँडेर २३२ किलोमिटर पैदय यात्रा गरेर प्रदेश राजधानी वीरेन्द्रनगर आइपुगे।

‘निन्द्रा लागे बाटामै सुत्यौं, पैसा थिएन्, पानीको भरमा यहाँ (वीरेन्द्रनगर)सम्म आइपुग्यौं,’ प्रकाशले भने, ‘रोग भन्दा पनि भोकले मर्ने अवस्था आएपछि घर फर्केका हौं।’ पहिलो पटक जुम्ला बसमा गएका उनीहरुलाई पैदल यात्री हिँड्ने बाटो थाहा भएन्। गाडी गुड्ने बाटोबाट यात्रा गर्दा झन लामो भयो। बाटोमा कसैले पनि ओत लाग्ने ठाउँ दिएनन्। ‘प्यास मेटाउन पानी माग्दा पनि मानिसहरु घरभित्र पस्थे,’ अनुप थारुले भने, ‘हिँड्दाको थकान भन्दा मानिसहरुको व्यवहारले झन पीडा दिन्थ्यो।’

चार दिनपछि उनीहरुले सुर्खेतमा पेटभरी खान पाए। स्थानीय व्यवसायी बखतबहादुर शाहीले उनीहरुलाई मासु भात खुवाए। स्थानीय प्रशासनसँग सहकार्य गरेर तरकारी बोक्ने गाडीमा बर्दियाको बबईसम्म पु¥याइदिए। ‘चार दिनपछि पेटमा अन्न प¥यो,’ शिवकुमार चौधरीले भने, ‘रोगले भने भोकले मछौं जस्तो लागेको थियो।’

सुर्खेतबाट हिँडेर घर पुग्न उनीहरुलाई अझै चार दिन लाग्थ्यो। तरकारी बोक्ने गाडीमै सही, उनीहरु एकै दिनमा घर पुगे। ‘जुम्लादेखि सुर्खेत आउन जति दुःख भएपनि विभिन्न सहयोगीका कारण बर्दियासम्म आइपुग्न सहज भयो,’ घर पुगेपछि उनले नागरिकसँग फोनमा भने, ‘यात्रामा सहयोग गर्ने सबैलाई हाम्रोतर्फबाट धेरैधेरै धन्यवाद।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *