चीनको जुहाई सहरमा पनि कुकुर र बिरालोको मासुमा प्रतिबन्ध

एजेन्सी । चीनको अर्को सहर जुहाईमा पनि कुकुर र बिरालोको मासुमा प्रतिबन्ध लगाइएको छ । कोरोना भाइरसको बढ्दो संक्रमणलाई मध्यनजर गर्दै कुकुर र बिरालोको मासुमा प्रतिबन्ध लगाउने निर्णय गरिएको हो ।

प्रतिबन्ध मे १ बाट लागु हुने बीबीसीले जनाएको छ । यसअघि हङकङनजिकैको सहर सेंजेनमा पनि कुकुर र बिरालाको मासु कारोबारमा प्रतिबन्ध लगाइएको थियो ।

पशु अधिकारका लागि काम गर्दै आएका संस्थाहरूले उक्त निर्णयको स्वागत गरेका छन् । पशु अधिकार कार्यकर्ताहरूले कोरोना भाइरसको महामारीपछि चीनभर कुकुर र बिरालोको मासु प्रतिबन्धित गरिने अपेक्षा गरेका छन् ।

ह्युमन सोसाइटी इनटरनेनसल (एचएसआई) का अनुसार पूरै एसियामा हरेक वर्ष झन्डै तीन करोड कुकुर मासुको प्रयोजनका लागि मारिने गरेका छन् । –बीबीसी

Leave a Reply

Your email address will not be published. Required fields are marked *