चीनबाट ल्याएका ‘र्‍यापिड टेस्ट’ किट प्रयोग नगर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडाैं, २० चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि ल्याइएको काेराेना भाइरस द्रूत परीक्षण किट ‘र्‍यापिड टेस्ट किट’ प्रयोग निर्देशन दिएको छ ।

मन्त्रालयका स्वास्थ्य विज्ञ डा. खेम कार्कीले विज्ञप्ति जारी गरी सरकारले चीनबाट ल्याएको टेस्ट किटकोे गुणस्तर निर्क्योल गरेपछि मात्रै प्रयोग गर्ने भएकाले अहिले प्रयोग नगर्न निर्देशन दिएका हुन् । यसअघि नै विश्व स्वास्थ्य संगठनले ती किटहरूकाे गुणस्तर कम रहेकाे भन्दै सामान्य अवस्थामा प्रयाेग नगर्न भनेकाे थियाे ।

‘बजारमा अवैध ढंगले र्‍यापिड किट भित्र्याई जनमानसलाई भ्रममा पारी परीक्षण गर्न शुरू भइसकेको गुनासो आएपछि सरकारले यसलाई नियन्त्रण गर्न अनुमति नदिई र्‍यापिड किटको प्रयोग नगर्न निर्देशन दिइएको हो,’ विज्ञप्तिमा भनिएको छ ।

उनले मंगलबार मन्त्रालयको नियमित पत्रकार सम्मेलनका क्रममा पनि टेस्ट किटबारे सार्वजनिक गरेको उल्लेख गर्दै अनधिकृत स्रोतबाट बजारमा वितरण तथा प्रयोग भइरहेको जनगुनासो आउनेबित्तिकै यस्तो नगर्न आग्रह गरिएको जानकारी दिएका छन् ।

हिजाकाे मितिमा जारी विज्ञप्ती स्वास्थ्य मन्त्रालयकाे वेबसाइटमा अाज मात्र राखिएकाे छ । सरकारले ती किटकाे गुणस्तर जाँच गरेर मात्र प्रयाेगमा ल्याउने र यसका लागि स्वास्थ्य अनुसन्धान परिषदसँग अनुराेध समेत गरिसकेकाे विज्ञप्तीमा उल्लेख छ ।

सरकारले हालै प्रतिथान ८ अमेरिकी डलरमा चीनबाट करिब ७५ हजार टेस्ट किटहरू ल्याएकाेमा बजार मूल्यभन्दा महंगाे परेकाे र गुणस्तरहीन रहेकाे भनी तीव्र अालाे चना समेत भइरहेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *