चीनमा कोरोना उपचारका लागि खुलेको अस्पताल बन्द

बेइजिङ । चीनको वुहानमा कोरोना संक्रमितहरुको उपचारका लागि खुलेको अस्थायी अस्पताल बन्द गरिएको छ । जनवरी अन्तिम सातातिर १० दिनमा बनाइएको अस्थायी अस्पतालमा कोरोना संक्रमितको उपचार सकिएपछि मंगलबार उक्त अस्पताल बन्द गरिएको हो । हुबेइ प्रान्तमा हाल तीन सय कोरोना संक्रमितको उपचार भइरहेको छ । यस प्रान्तमा फेब्रुअरीमा करिब १० हजार कोरोना संक्रमितको उपचार गरिएको थियो ।

चीन अहिले विश्वका विभिन्‍न मुलुकलाई कोरोनाविरुद्धको लडाइँमा सहयोग गरिरहेको छ । चिनियाँ सञ्‍चारमाध्यम सीसीटीभीका अनुसार विभिन्‍न मुलुकबाट कार्गो विमानहरु आएर कोरोना उपचारका लागि आवश्यक सामग्रीहरु लगिरहेका छन् । चीनले विभिन्‍न मुलुकमा चिकित्सकीय टोलीसमेत पठाएको छ । – बीबीसी

Leave a Reply

Your email address will not be published. Required fields are marked *