चीनमा ७६ हजार निको भए, अब २ हजारमा मात्रै कोरोना भाइरस सक्रिय

काठमाडौं, २० चैत । कोरोना भाइरसको उद्गमस्थल चीनमा पछिल्लो लामो समयसम्म संक्रमण र मृत्युदर न्यून रहेको छ । यूरोप तथा अमेरिकामा भयावह स्थिति आइरहँदा चीनमा भने अधिकांश संक्रमित निको भइसकेका छन् ।

वल्र्डोमिटर्सका अनुसार चीनमा अहिलेसम्म कुल ८१ हजार ५५४ जनामा काेराेना भाइरसकाे संक्रमण देखा परेकाेमा ७६ हजार २३८ जना भने पूर्ण रूपमा निकाे भइसकेका छन् । त्यहाँ बुधबार जम्मा ३६ जना संक्रमित फेला परेका छन् भने ७ जनाकाे मृत्यु भएकाे छ ।

चीनमा हालसम्म काेराेनाका कारण ३ हजार ३१२ जनाले ज्यान गुमाएका छन् । अधिकांश संक्रमित निकाे भइसकेपछि त्यहाँ अब २ हजार ४ जनामा मात्रै काेराेना भाइरस सक्रिय रहेकाे वर्ल्डाेमिटर्सकाे तथ्यांकले देखाउछ । तीमध्ये गम्भीर केस भने ४६६ जनामा रहेकाे छ ।

गत डिसेम्बरको अन्तिम सातातिर चीनकाे वुहान शहरमा पहिलाेपटक देखापरेको कोरोना भाइरस अहिले विश्वका सबै देशमा फैलिसकेकाे छ । चीनमा भने यसकाे महामारी नियन्त्रणमा रहेकाे बताइएकाे छ । उता यूराेपेली देश, अमेरिका र मध्यपूर्वका केही देशमा भने याे महामारी तीव्र फैलिरहेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *