चीनले दियो नेपाली सेनालाई स्वास्थ्य सामग्री

काठमाडौं : चीन सरकारले नेपाली सेनालाई स्वास्थ्य सामग्री प्रदान गरेको छ। को;रोना भाइरस कोभिड–१९ विरुद्धको प्रतिकार्यका लागि चीन सरकारबाट प्राप्त स्वास्थ्य सामग्री नेपालका लागि चीनका राजदूत हउ यान्छीले प्रधान सेनापति पूर्ण चन्द्र थापालाई आज हस्तान्तरण गरेकी हुन्।

जङ्गी अड्डामा भएको संक्षिप्त कार्यक्रममा राजदूत हउले कोभिड–१९ को महामारी वि’रुद्धको नेपाल सरकारको लडाइँमा सहयोग गर्नु मित्रराष्ट्रका हैसियतले आफ्नो मुलुकको दायित्व भएको बताइन्। कठिन परिस्थितिमा नेपाली सेनालाई स्वास्थ्य सामग्री उपलब्ध गराए कामा प्रधानसेनापति थापाले चीन सरकारप्रति कृतज्ञता व्यक्त गरे।

चिनियाँ जनमुक्ति सेनाको जहाजले बुधबार बिहान काठमाडौं ल्याएको स्वास्थ्य सामग्री चिनियाँ राजदूत होउ यान्छीले प्रधान सेनापति पूर्णचन्द्र थापालाई हस्तान्तरण गरेको नेपाली सेनाले जनाएको छ । चीनले नेपाली सेनालाई पिपिई र एन-९५ मास्क उपलब्ध गराएको सेनाको विज्ञप्तिमा उल्लेख छ। कति परिणममा चीनले सहयोग गरेको हो भन्ने खुलाइएको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *