चीन मुछिएको त्यो महामारी जसले लिएको थियो ५ करोडको ज्यान

इतिहासकै घातक महामारीका रुपमा दर्ज गरिएको सन् १९१८ को महामारीले विश्वभर करिब ५ करोड मानिसको ज्यान लियो। वैज्ञानिकहरु दशकौंसम्म विश्वमा यो महामारीको सुरुवात कहाँबाट भयो भन्ने बहसमा लागि रहे- फ्रान्स, चीन, केन्द्रीय उत्तरी अमेरिका वा त्योभन्दा बाहिर। उत्पतिको स्पष्ट ठेगाना बिना रोगको प्रकार र भविष्यमा पनि त्यसले ल्याउन सक्ने त्यस्तै महामारीकाबारे पूर्णरुपमा जानकारी उनीहरुले हासिल गर्न सकेनन्। ‘स्पानिस फ्लू’ पनि भनिने यो महामारीले प्रथम विश्वयुद्धको भन्दा धेरैको ज्यान लिएको दाबी गरिन्छ, जुन यो सुरु भएकै वर्ष अन्त्य भएको थियो। हालैको सोधले यसको उभारलाई प्रथम विश्व युद्धको एउटा विस्मृत प्रकरणका रुपमा राखेको छ।

क्यानडाको मेमोरियल विश्वविद्यालयका इतिहासकार मार्क हम्फ्रीज नसुल्झिएको एक रेकर्डका अनुसार पहिलो विश्व युद्धको अर्को कथा–बेलायत र फ्रान्स सम्मिलित पश्चिमी मोर्चामा लड्न परिचालित ९६ हजार चिनियाँ नागरिक यो महामारीको स्रोत हुन सक्ने बताउँछन्। ‘वार इन हिस्ट्री’ जर्नलको जनवरी अंकमा उनले आफ्नो परिकल्पना महामारी पीडितको भाइरल नमुनाबाट प्रमाणीत हुने प्रतिक्षा गरिरहेको स्वीकार गरेका छन्। यस प्रकारण तथ्यले रोगको उत्पतिलाई कुनै एक स्थानमा लिएर जोड्ने छ।

तर, केही इतिहासकारले पहिले नै उनको तर्क विश्वसा योग्य भएको बताइसकेका छन्। ‘यो एक ध्रुमापान गराउने बिन्दु नजिक छ, जनु इतिहासहरु भेटाउँदै छन्,’ अमेरिकामा सन् १९९८ को महामारी संक्रमणबारे अध्यन गरेका र पेन्सभेयिनास्थित लेह विश्वविद्यालयमा प्रध्यापन गर्ने इतिहासकार जेम्स हिगन्सि भन्छन्, ‘यो तथ्यले महामारीबारे धेरै प्रश्नको जवाफ दिन्छ।’

महाविपत्तिको अन्त्य
सन् १९९८ को महामारी दुनियाँभर तीन तरंगमा आएको थियो, जो त्यही वर्षको बसन्तमा सुरु भएको थियो र एचवान एनवान इन्फ्लुन्जामध्येको एक सूमहसँग जोडिएको अहिले पनि बिषाक्त छ।

बलियो रोग प्रतिरोधात्मक प्रणालीलाई बदल्दै प्रकोपले युवा र स्वस्थ मान्छेको पनि ज्यान लियो, जुन फ्लूका लागि असमान्य थियो। प्रथम विश्व युद्धका बेला भएको अत्याधिक मृत्युका कारण पनि यसको अन्त्यका लागि पनि महामारीले भूमिका खेलेको हुन सक्छ।

‘सन् १९९८ को फ्लू अन्तिम ठूलो विपत्ति थियो। जसले मानवीयतालाई प्रहार गर्‍यो र यसले विश्वव्यापी युद्धको बाटो पच्छ्यायो,’ हम्फ्रिज भन्छन्।

यद्यपि महामारीको उत्पति रहस्यमै रहे पनि पहिले नै चिनियाँ मजुरल त्यसको स्रोत भएको सुझाइएको थियो। इतिहासकार क्रिस्टोफर ल्याङफ्रोर्डले अरु राष्ट्रमा भन्दा चीनमा स्पेनिस फ्लूबाट कम पीडित भएको देखाएका छन्। सुरुमै भाइरसको सामना गरेकाले पनि यस्तो भएको हुन सक्ने उनको सुझाव थियो।

नयाँ प्रतिवेदनमा हम्फ्रिजले भेटाएको एक अभिलेखीय प्रमाणमा सन् १९१७ को नोभेम्बरमा उत्तरी चीनमा श्वासप्रश्वाससम्बन्धी एक रोगले सताएको र त्यसको एक वर्षपछि चिनियाँ स्वाथ्य अधिकारीहरुले यो स्पेनसि फ्लूसँग मिल्दोजुल्दो भएको बताएको उल्लेख छ। उनले एक मेडिकल रेकर्ड पनि भेटाएका थिए, जसले युरोप हुँदै क्यानडा पुर्‍याइएका २५ हजार चिनियाँ मजदुरमध्ये ३ हजार मजदुरले सन् १९१७ को सुरुवाततिर मेडिकल क्वारेन्टाइनमा ज्यान गुमाएका थिए र धरैको लक्षण फ्लू जस्तै थियो भन्ने संकेत गर्थ्याे।

उत्पति विवाद
स्पेनिस फ्लू सन् १९१८ को शरदतिर उच्चाइमा पुग्यो र १९२० सम्म कायम रह्यो। र सुरुमा यसले युद्धको उपनाम पनि पायो। इतिहासकार हिङ्गिन्स चिकित्सकहरुले महामारी देखिने बित्तिकै यसको उत्पतिका बारेमा विवाद गरेको बताउँछन्। फ्रान्सका युद्धकालीन बंकर, दिमाघ नै हल्लाउने गन्ध, रोग र मृत्यु नै महामारीको उत्पतिको रुपमा पनि हेरिन्छ। युवा–वयस्कलाई धेरै असर गर्ने फ्लूको प्रवृत्ति हेर्दा रोग आफैले बंकरका युवा सिपाहीलाई लक्षित गरेको हो कि भन्ने तरिकाबाट पनि व्याख्या भएको थियो।

विशेष गरी फर्किरहेका सैन्य जहाजलाई लक्षित गरेर यो रोग इरोपका बोस्टन, फिलाडेल्फिया जस्ता सहरमा कसरी फैलियो भन्ने सिद्धान्तको तयारी नै गरियो। युद्धको दशकपछि कान्ससले १९१८ को मार्चमा कडा रुघाका कारण ४८ जनाको ज्यान लिने गरी फैलिएको एक सैन्य शिविरलाई महामारीको उत्पतिस्थानका रुपमा रहेको उल्लेख गरेका थिए। तर, आफ्नो अध्यनमा अम्फ्रिजले स्थानयीय स्वाथ्य अधिकारीहरुले ‘विन्टर सिकनेस’ नाम दिएको यसले एक दिनमै चीनको ग्रेटवालसँग जोडिएको गाउँमा दर्जनौंको ज्यान लिएको उल्लेख गरेका छन्। यो रोग १९१७ को अन्त्यतिर हप्ताको समयमा ३ सय माइल (५०० किलोमिटर)सम्म फैलिएको थियो। नेशनल जियोग्राफिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *