छैटौँ छोरीको आशंकामा अनिताका पतिले हँसियाले पेट नै काटिदिए, गम्भिर अवस्थामा उपचार हुँदै

काठमाडौं । आफ्नी गर्भवती श्रीमतीको धारिलो हतियारले प्रहार गरेका पतिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटना हो भारतको उत्तरप्रदेशको बदायूं जिल्लाको । पत्निले यसअघि ५ वटी छोरी जन्माएकी अनिताको पेटमा छैटौं छोरीको आशंकामा गर्भवती श्रीमतीको पन्नालालले हँसियाले पेट काटिदिएपछि घाइते अवस्थाकी गर्भवतीलाई आकस्मिक रुपमा दिल्लीको एक अस्पतालमा भर्ना गरेर उपचार सुरु गरिएको छ । पन्नालालकी साली रेखाले मिडियालाई प्रतिक्रिया दिँदै भनिन् पन्नालालका पाँच छोरी छन् र छैटौं सन्तान पनि छोरीको रुपमा जन्मियोस् भनेर उनी चाहँदैनन् ।

धेरै छोरी जन्माएको भन्दै दिनहुँ दिदीसँग भिनाजु झगडा गर्दै आएको र यो पटक पनि दिदीको पेटमा छोरी नै भएको आशंकामा उनले यो हर्कत गरेको रेखा बताउँछिन् । शनिबार पनि पन्नालाले अनितालाई निर्घात कुटे र हँसियाले हमला गरेपछि डाक्टरको सल्लाहमा अनितालाई आइतबार दिल्ली लगिएको अनिताका भाइ राजिवले बताए ।

राजीवले नै आफ्नी दिदीलाई स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि दिल्ली लगेका हुन् । यद्यपी पन्नालालले भने छोरी भएको आशंकामा हमला नगरी पत्निले झगडा गरेका कारण आँफुले हँसियाले आक्रमण गरेको बताएका छन् । प्रहरीसँगको बयानका क्रममा उनले भने ‘मेरा पाँच छोरी छन्, एक छोराको मृत्यु भयो । अब छोरा छोरी जे भएनी मस्विकार्छु । तर पत्निको झगडा स्विकार्न सक्दिन ।

यद्यपी गाउँका ज्योतिषीले छैटौँ वच्चा पनि छोरी जन्मिने आशंकामा पन्नालालले गर्भमा नै हत्या गर्ने हिसाबले हमला गरेको एक छिमेकीले नाम उल्लेख नगर्ने शर्तमा बताए । गर्भपतन गराउन आग्रह गर्दा पनि पत्निले नमानेका कारण उनले यसरी हमला गरेको स्थानीयको भनाई छ । घटनाको विषयमा प्रहरीले अनुसन्धान गरिरेहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *