जङ्गलमा ट्रयाक्टरमा काठ लोड गर्दागर्दै तीन तस्कर पक्राउ

इटहरी, ९ वैशाख । लकडाउनको फाइदा उठाउँदै सुनसरीको रामधुनी जङ्गलमा काठ तस्करी गर्ने तीन जनालाई पक्राउ गरिएको छ । उनीहरूलाई सोमबार राति सशस्त्र प्रहरी र वन रक्षकको टोलीले सखुवाको काठ ट्रयाक्टरमा लोड गर्दै गरेको अवस्थामा पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा रामधुनी–६ का केशव खड्का, अर्जुन लिम्बू र रोशन राई छन् ।

उनीहरूलाई को २ त ९९९० नम्बरको ट्रयाक्टरमा काठ लोड गर्दै गरेको सखुवा प्रजातिको ९ गोली बरामद गरिएको छ । यस्तै उनीहरूको साथबाट स १ प ७४९८ नम्बरको होण्डा कम्पनीको साइन मोटरसाइकल र ४ थान मोबाइल फोनसमेत बरामद गरिएको छ ।

विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण हेडक्वार्टर सुनसरीले पक्राउ गरेको गणपति कृष्ण ढकालले जानकारी दिए । रामधुनी नगरपालिका–६ बहत्तरबिघाको राष्ट्रिय वनको क्षेत्रबाट नियन्त्रणमा लिएको काठसहित आवश्यक कारबाहीको लागि डिभिजन वन कार्यालय इनरुवामा बुझाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *