जडीबुटीमा छ प्रतिरोधी क्षमता, भाइरससँग लडने शक्ति भएकाे दावी

नेपालका वनस्पतिविज्ञ तथा अध्येताले गरेको अध्ययनमा नेपालका जडीबुटीमा भाइरलसँग लड्न सक्ने प्रचुर क्षमता रहेको पाइएको छ । नेपालमा ११ हजार ९७१ प्रजातिका वनस्पतिमध्ये ८१९ प्रजातिका औषधिजन्य जडीबुटी पाइन्छन् । नेपालका परम्परागत चिकित्सामा प्रयोग हुने ४१ प्रजातिका जडीबुटीका भाइरलविरोधी क्षमताको अध्ययन भएको छ । ती औषधीय गुण भएका जडीबुटी २७ परिवारसँग सम्बन्धित छन् । एन्टी भाइरल, एन्टी हर्पस र एन्टी इन्फ्लुएन्जाका तìव तिनमा पाइएको छ ।

जर्मन सहयोगमा करिब पाँच वर्ष लगाएर गरिएको अध्ययनमा सो कुरा उल्लेख छ । सन् २००९ मा प्रकाशित सो अध्ययनको निष्कर्षले नेपालका जडीबुटीमा भाइरलसँग लड्न सक्ने प्रचुर क्षमता देखाएको छ । हर्पस सिम्प्लेक्स भाइरस (एचएसभी–१) र ‘इन्फ्लुएन्जा भाइरस ए’ विरुद्ध नेपालका जडीबुटीले लड्नसक्ने तथ्य त्यस अध्ययनले बताएको छ तर त्यसको उपयोग नेपालको चिकित्सा क्षेत्रले प्रत्यक्ष गर्न सकेन ।

भाइरलविरुद्ध लड्नसक्ने आठवटा मुख्य जडीबुटीमध्ये पाखनवेद र बेदाङ्गो अर्थात् गाने गुर्जोले दुवै खालका भाइरलसँग लड्नसक्ने रासायनिक तìव बोकेका छन् । गाउँघरमा पाखनभेदलाई जन्ती फूल, सेलपारु, सिम्पाटी, नामले चिनिन्छ । वेदाङ्गोलाई बूढोओखती, ठूलो ओखती भनेर चिनिन्छ । यो उच्च हिमाली भेगमा पाँच हजार मिटरमाथि पाइन्छ । पाखनवेदले चट्टान फोरेर आफ्नो वासस्थान बनाउँछ भन्ने मान्यता राखिन्छ । नेपालको उच्च भूभाग ३५ सय मिरटमाथि यो पाइन्छ । ग्रामीण भेगमा पाखनवेदका जरा रुघाखोकी, ज्वरो, पखाला र सुत्केरी महिलालाई खुवाउने गरिन्छ ।

चिकित्सकीय उपयोगका लागि भएको त्यो अध्ययनले भाइरलसँग लड््न सक्ने प्रमाणित गरेको त्रिभुवन विश्वविद्यालयका वनस्पति विज्ञ तथा अध्येयता मध्येका एक प्रोफेसर डा. प्रमोदकुमार झाले बताउनुभयो । उहाँका अनुसार अन्य छमध्ये आधाले एउटा र अर्को आधाले अर्कोथरि भाइरलसँग लड्नसक्ने क्षमता राख्छ । वेदाङ्गो, पाखनवेदसहित क्यासियोप फास्टिगियाटा र थाइमस लाइनारिसले एचएसभी–१ भाइरलसँग लड्नसक्ने क्षमता राख्छ ।

त्यस्तै पाखनवेद, वेदाङ्गोसहित अल्लियम ओरेओप्रसन, एन्ड्रोसेस स्ट्रिगिलास, एस्पारागस फिलिसिनस, एस्टिल रेवुलरिस र भर्बास्कम थाप्सस अङ्ग्रेजी नाम रहेका जडीबुटीले कडा इन्फ्लुएन्जाविरुद्ध आफ्नो क्षमता प्रदर्शन गरेका थिए ।

अध्ययनमा भनिएको छ, “परम्परागत चिकित्सा स्वास्थ्यको मुख्य आधार हो र अधिकांश औषधि बिरुवाबाटै आउँछन्, धेरै बोट बिरुवा लामो समयदेखि मान्यता प्राप्त औषधिमा प्रयोग गरिएको छ ।” अध्ययनका अनुसार, केही तुलनात्मक रूपमा अव्यवस्थित छन्, आधुनिक प्रयोगमा पुगिसकेको छैन । तथापि अध्ययन गरेर आधुनिक औषधिमा पु¥याउनुपर्नेमा जोड दिइएको छ ।

मनाङ, मुस्ताङ जिल्लाका गुरुङ र थकाली समुदायले औषधिका रूपमा प्रयोग गर्ने जडीबुटीलाई अध्ययनको स्रोत बनाइएको थियो । यस अध्ययनले थप सक्रिय जैविक यौगिक फेला पार्ने सम्भावनालाई प्रबल बनाएको अध्ययनले जनाएको छ । यो मात्र हैन वनस्पति विभागको प्राकृतिक सम्पदा अनुसन्धानशालाले ३५० औषधिजन्य जडीबुटीको अध्ययन गरेको छ । “चिराइतो जुन सिटामोल बनाउन प्रयोग हुन्छ, त्यसको अध्ययन भएको छ ।” विभागका महानिर्देशक धनञ्जय पौडेलले भने, “क्यान्सरको उपचार गर्ने शक्ति भएको लोठसल्लाको अध्ययन पनि भएको छ ।”

क्यान्सर निको पार्ने तत्व टेन्डभको मात्र प्रचुर रहेको भेटिएको छ । त्यस्तै यार्सागुम्बा, कुट्की ढँटेलो, शीतलचिनी लगायतका जडीबुटीको अध्ययन भएको छ । जस अनुसार जडीबुटीमा के के औषधिजन्य रसायन तìव छन् र कस्ता खालका सुगन्धित तेलका गुण छन् भनेर अध्ययनले पत्ता लगाएको शाखाका वरिष्ठ अनुसन्धान अधिकृत देवीप्रसाद भण्डारीले जानकारी दिए। अध्ययनले औषधि उत्पादन कसरी बनाउने भनेरसमेत प्रष्ट्याएको छ ।

जडीबुटीबाट लाभ लिनुपर्छ: यसरी विभिन्न तहमा भएका अध्ययन अनुसन्धानबाट आधुनिक चिकित्सा क्षेत्रले फाइदा लिन भने नेपालले सकेको छैन । आफूहरूले गरेका धेरै अध्ययन व्यापारिक वर्गले लगेर फाइदा लिए पनि आम जनमानसले त्यसको फाइदा लिन नपाएको वनस्पति विभागले स्वीकार गरेको छ ।

अनुसन्धानको सारतत्वका आधारमा एलोपेथिक औषधि बनाउन धेरै समय लाग्छ तर दैनिक जीवनमा तत्काल उपभोग गर्ने खालका उत्पादन गर्न कुनै समय लाग्दैन तर पनि यसतर्फ सरकारको ध्यान नगएको अध्येयता सुनाउँछन् । ‘चिकित्सा क्षेत्रमा भएका अध्ययन निकै कम भएका छन्, भएकाको पनि प्रमाणित गरेर लाभ लिन सकिएको छैन,’ प्रोफेसर प्रमोदकुमार झाले भने। वनस्पतिविज्ञ डा. तीर्थबहादुर श्रेष्ठ सरकारले जडीबुटी भनेको निर्यात गर्ने वस्तु हो भन्ने मान्यता राखेकै कारण फाइदा लिन नसकेको औँल्याउँछन् ।

‘निकासी गर्ने मान्यता परिवर्तन गर्नुपर्छ र हाम्रै स्वास्थ्यका लागि देशभित्र उपयोग गर्ने उपाय अपनाउनुपर्छ,’ उनले थपे। अचेल मानिसहरू हर्बल उत्पादनमा आकर्षित भइरहेकाले त्यसमा सरकारको योजनाले आत्मनिर्भर बन्न सक्ने अवसर रहेको उनी प्रष्ट्याउँछन् ।

संजीवनको पातको चियो, स्याउको जुस, बेलको जुस, गुर्जोको चिया, टिमुर, घिउकुमारीको जुस, सिस्नुको धुलो, चेवनप्रास लगायत आयुर्वेदिक र जडीबुटीकै तìवबाट बनेका महँगो एलोपेथिक औषधि बाहिरबाट आयात हुने गर्दछ । ती औषधि देशभित्रै उत्पादन गर्ने अवस्था सिर्जना गरे स्वास्थ्य र अर्थ दुवैको सुधार हुने उनी बताउँछन् ।

‘औषधिजन्य कच्चा पदार्थ निर्यात गरेर त्यही कच्चा पदार्थबाट बनेको महँगो आयुर्वेदिक र एलोपेथिक औषधि किन्ने जुन चक्र छ, त्यो सरकारले तोड्नुपर्छ,’ श्रेष्ठ भन्छन्। नेपालमा कुल ११ हजार ९७१ प्रजातिका वनस्पतिमध्ये ८१९ प्रजातिका औषधिजन्य जडीबुटी पाइन्छन् जसमध्ये १६० बढी प्रजातिको व्यावसायिक प्रयोजनमा जाने गरेको छ । कुल जडीबुटीमध्ये ५ प्रतिशतले देशको कुल गार्हस्थ उत्पादनका लागि योगदान पु¥याउने गरेको जडीबुटी शाखाका रघुराम पराजुलीले जानकारी दिए। गोरखापत्र दैनिकमा खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *