जनार्दनको अर्को चमत्कार, मुसिकोटमा बन्यो दोस्रो अस्पताल

काठमाडौं । नेकपाका स्थायी समिति सदस्य तथा पूर्व गृह मन्त्री जनार्दन शर्मा प्रभाकरको पहलमा रुकुमको मुसिकोटमा को;रोना उपचारको लागि अस्पताल (आइसोलेसन) भवन तयार भएको छ। नेपाल कम्युनिष्ट पार्टीका नेता जनार्दन शर्मा ‘प्रभाकर’ले को;रोना महामारीको नियन्त्रणको लागि मुसिकोट नगरपालिका रुकुममा सम्र्पूण सुविधा सहितको प्रीफ्याब आइसोलेसन भवन तयार भएको जानकारी दिनुभयो ।

यसअघि रुकुम पश्चिम आठविसकोट नगरपालिकामा समेत सुविधा सम्पन्न अस्पताल (आइसोलेसन) भवन तयार भइसकेको थियो। चिनियाँ शैलीमा निर्माण भएको आईसोलेसन भवन १० दिनमा निर्माण भई सञ्चालनमा आइसकेको छ। नेकपाका नेता प्रभाकरले संघीय सरकार र प्रदेश सरकारको नजर नपुगेको मुसिकोटमा आइसोलेसन वार्ड निर्माण गरिएको बताउनुभयो ।

उहाँले जिल्लाका कुनै पनि स्थानीय तहमा स्वास्थ्य सामाग्रीहरुको अभाव हुन नदिने बताउनुभयो । मुसिकोटमा १२ बेडको भवन निर्माण गरिएको हो । यो भन्दा पहिले आठविसकोटमा १५ बेडको आइसोलेसन निर्माण गरिएको थियो । आइसोलेसन कक्षमा विरामीका लागी सुविधा सम्पन्न कोठा, स्वास्थ्यकर्मीका लागी छुट्टै वार्ड, तथा जनरल वार्ड र आइसियू वेडको व्यवस्था रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *