जर्मनीमा लकडाउन खुकुलो, बाहिर निस्किँदा अब मास्क अनिवार्य

कोरोनाभाइरस सङ्क्रमण रोकथाम गर्न नयाँ नियम लागु भएपछि जर्मनीमा मानिसहरूले घरबाट बाहिर निस्किँदा अनिवार्य रूपमा मास्क लगाउन थालेका छन्।जर्मनीमा अब सार्वजनिक यातायात र अधिकांश क्षेत्रका पसलभित्र पनि कपडाको मास्क लगाउन अनिवार्य गरिएको छ। नियम जर्मनीका १६ वटा राज्यमा भिन्नभिन्न तरिकाले कार्यान्वयन गरिएको छ।

बभरियामा यो नियम निकै कडा छ भने बर्लिनमा पसलेहरूले मास्क नलगाउँदा पनि हुन्छ।तर अधिकारीहरूले उच्च सतर्कताका साथ लकडाउन खुकुलो बनाउने कदम चालेका छन्।

मास्क लगाउने नियम
विश्वभरि नै विभिन्न मुलुकले आफ्नै ढङ्गले मास्क लगाउने नियम बनाएका छन्।यद्यपि विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले मानिसहरूलाई बिरामी भएमा, लक्षण देखिएमा वा कोभिड-१९ का शङ्कास्पद व्यक्तिहरूको हेरचाह गरेमा मात्र सुरक्षित मास्क लगाउन सल्लाह दिएको छ।

उसले सर्वसाधारणलाई मास्क लगाउन सिफारिस नगरिएको बताएको छ। किनभने थुकका छिटा र सिँगानका कारण सङ्क्रमण हुन सक्ने तर मानिसलाई सुरक्षित छु भन्ने भ्रम हुन सक्छ।

जर्मन सञ्चारमाध्यमका अनुसार शैक्षिक संस्थामा पनि विद्यार्थीहरूले मास्क लगाउनुपर्नेछ। कक्षाकोठामा अनिवार्य नभए पनि बाहिर निस्किँदा सबैले लगाउनुपर्छ।विद्यार्थीलाई अलग-अलग राखिएको छ र बेलाबेला कक्षाकोठाहरूमा सफाइ गर्ने तथा सङ्क्रमणनाशक प्रयोग गर्ने गरिएको छ।बिबिसी

Leave a Reply

Your email address will not be published. Required fields are marked *