जर्मनीमा ७० प्रतिशतलाई कोरोना संक्रमण हुनसक्छ : मर्केल

बर्लिन । जर्मनीका चान्‍सलर एन्जेला मर्केलले जर्मनीमा करिब ७० प्रतिशत मानिसलाई कोरोना संक्रमण हुनसक्ने चेतावनी दिएकी छन् । उनका अनुसार करिब पाँच करोड ८० लाख मानिसलाई कोरोनाको संक्रमण हुनेछ । चान्सलर मर्केलले बुधबार आयोजित पत्रकार सम्मेलनमा यस्तो भविष्यवाणी गरेकी हुन् । स्वास्थ्य मन्त्री जेन्स स्फानलाई साथमा राखेर उनले अहिलेसम्म यसको उपचार कसरी गरिन्छ भन्‍ने कसैलाई थाहा नभएको र सबैको ध्यान यसको संक्रमण कसरी कम गर्न सकिन्छ भन्‍नेतिर भएको बताइन् ।

इटालीमा दुई दिनदेखिको राष्ट्रव्यापी लकडाउनपछि उनले यस्तो प्रतिक्रिया दिएकी हुन् । जर्मनीमा हालसम्म कोरोनाका कारण तीनजनाको मृत्यु भइसकेको छ । मृत्यु हुनेमा ८९ वर्षीय महिला, ७८ वर्षीय पुरुष र अर्का एकजनाको मृत्यु भएको बताइएको छ । जर्मनीमा हालसम्म एक हजार ९६६ लाई संक्रमण भएको जनाइएको छ ।

इटालीका प्रधानमन्त्री ज्युसेप कोन्टेले देशभरका विद्यालय, जिम सेन्टर, म्युजियम, नाइट क्लब र अन्य सार्वजनिक स्थलहरु बन्द गर्न आग्रह गरेका छन् । बुधबारसम्ममा इटालीमा १० हजारलाई संक्रमण भएको बताइएको छ। – बीबीसी

Leave a Reply

Your email address will not be published. Required fields are marked *