जापानमा पनि एकजना नेपालीमा कोरोनाको संक्रमण

टाेकियाे, २१ चैत । जापानको इबाराकी केनमा बस्दै आएका एक नेपालीमा कोरोनाको संक्रमण भेटिएको छ । इबाराकी केनको केयर गिभरमा काम गर्ने एक युवतीमा कोरोना संक्रमण भएको टोकियो स्थित नेपाली दूतावासले जानकारी गराएको छ ।

सक्रमित युवतीको अवस्थामा रहेकाे र उपचार भइरहेको पनि दूतावासले जनाएकाे छ । साथै अरु ठाउँमा रहेका नेपालीहरू पनि संक्रमित भए/नभएको बुझ्ने काम भैरहेको दूतावासका उपनियोग प्रमुख कृष्णचन्द्र अर्यालले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *