जोरपाटी-सुन्दरीजल सडक विस्तार सुरू

काठमाडौँ, वैशाख २१ गते । को;रोना महामारीको स’ङ्क्रमण फैलिन नदिन जारी बन्दाबन्दीका बीच पनि विकास निर्माणलाई निरन्तरता दिने सरकारको नीतिअन्तर्गत जोरपाटी–सुन्दरीजल सडक खण्डको विस्तार सुरु गरिएको छ । काठमाडौँ उपत्यकाकै साँघुरो सडकमध्ये एक उक्त सडकको विस्तारका लागि ठेक्कापट्टाको काम सम्पन्न गरी ढलको पाइप बिछ्याउने र सडक क्षेत्रमा परेका रूख कटानको काम सुरु भइसकेको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ ।

कुल लम्बाइ सात किलोमिटर रहेको सो सडक खण्डको विस्तारका लागि दुईवटा ठेक्कामा काम भइरहेका छन्। कुल लागत ६० करोड रुपियाँमा उक्त सडक खण्डको विस्तार गरिने छ । उक्त सडक विस्तारको जिम्मा आशिष÷सीएम (जेभी)ले पाएका छन् । काठ माडौँ उपत्यका सडक विस्तार आयोजनाका प्रमुख गुरुप्रसाद अधिकारीले विगत लामो समयदेखि सवारी जामको समस्या भोग्दै आएको जोरपाटी–सुन्दरीजल सडक खण्डको विस्तारका लागि ठेक्कापट्टा सम्पन्न भई काम सुरु भइसकेको जानकारी दिनुभयो ।

उहाँले बन्दाबन्दीमा सामाजिक दूरी कायम गर्दै सुरक्षाका सम्पूर्ण उपाय अवलम्बन गरी विस्तारको काम अगाडि बढाइएको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “उक्त सडक क्षेत्रमा परेका रूखहरूको कटान सुरु भइसकेको छ । त्यसैगरी ढलको पाइप बिछ्याउने काम समेत सुरु भइसकेका छन् । जम्मा ६७ वटा रूख हटाउनुपर्नेमा अहिलेसम्म ४५ वटाको कटान सम्पन्न भइसकेको छ । अबको तीन दिनभित्र बाँकी रूख कटानको काम सम्पन्न हुनेछ ।” अहिले मात्र पाँच र सात मिटर चौडाइ रहेको उक्त सडक विस्तारपछि १४ र २० मिटरको हुनेछ । आजको गोरखापत्र दैनिकमा खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *