झापाका आमा-छोरा ५० थान गोलीसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ

काठमाडौं, २० पुस । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५० थान गोलीसहित आमा-छोरा पक्राउ परेका छन् । श्री एयरलान्सको उडानबाट झापा जान लागेका मुनादेवी राई उनका छोरा बद्रीहाङ राई पक्राउ परेको प्रहरीले जनाएको छ ।

उडानपूर्व चेक जाँच गर्नेक्रमममा उनीहरुको झोलामा ५० थान गोली फेला परेको विमानस्थल प्रहरीले जनाएको छ । उनीहरूबाट बरामद भएकाे गाेली ९ एमएमको पेस्तोलमा लाग्ने गाेली भएकाे प्रहरीले जनाएकाे छ ।

घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ । पक्राउ परेका आमा-छोरा झापा मेचीनगर-२ का स्थायी बासिन्दा रहेकाे खुलेकाे छ । बद्रीहाङ राईका बुबा पूर्वप्रहरी रहेको खुलेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *