झापामा भारतबाट आउनेको हुल, गोली चल्यो

झापा । झापा गाउँपालिकामा गोली चलेको छ । वडा नम्वर ४ को जङे पिलर १ सय ३१ नम्वर आसपासको सीमा सुरक्षा पोस्ट क्षेत्रमा गोली चलेको हो ।

लकडाउन उल्लंघन गर्दै छिमेकी मुलुक भारतबाट हुलका हुन मानिस नेपाल तर्फ पस्न थालेपछि उनीहरुलाई नियन्त्रण गर्न प्रहरीले गोली नै प्रहार गर्नु परेको हो । गाउँपालिका अध्यक्ष जयनारायण शाहले सिमा पारिबाट आएको अज्ञात भारतीय समुहबाट हुल हुज्जत भएको र गोली समेत चलेको जानकारी दिनुभयो।

अध्यक्ष शाहले घटनाप्रति गम्भीर ध्यान आकर्षण भएको उल्लेख गर्दै सिमा क्षेत्रमा भारतीय नागरिकबाट गरिएको यस्ताे किसिमको गतिविधि निन्दनीय र खेदजनक भएको भन्दै भारतीय सुरक्षा निकाय र सरकारको तर्फबाट दुई देशीय हित र पारस्पारिक लाभको आधारमा पूर्ण नियन्त्रण गर्नको लागि जोड्दार माग गर्नुभएको छ ।

अध्यक्ष शाहले गाउँपालिकाका जनताको समयमा नै जिउ धनको सुरक्षाको उचित व्यवस्था गर्नका साथै थप सुरक्षा प्रबन्ध मिलाउन झापा जिल्ला प्रशासन, सुरक्षा निकाय र नेपाल सरकारको समेत ध्यान आकर्षण गराउनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *