ट्रम्पसँग भेटेर फर्किए लगत्तै वेनगार्टेनलाई कोरोना संक्रमण

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेटेर भर्खरै फर्किएका ब्राजिलियन राष्ट्रपति जायर बोल्सोनारोका प्रेस सेक्रेटरी फाबियो वेनगार्टेनमा कोरानाको संक्रमण देखिएको छ। गत शनिबार फ्लोरिडामा राष्ट्रपति ट्रम्पलाई भेटेर वेनगार्टेन ब्राजिल फर्किएका थिए। ट्रम्पलाई भेटेपछि उनले आफनो इन्स्टाग्राममा फोटो समेत पोष्ट गरेका थिए। वेनागार्टेनले पोष्ट गरेको फोटोमा ट्रम्पले ब्राजिलको सर्मथन लेखिएको टोपी समेत बोकेका छन्।

प्रेस सेक्रेटरी संक्रमित भएपछि राष्ट्रपति बोल्सोनारोको स्वास्थ्य निगरानी गर्न थालिएको छ। राष्ट्रपति बोल्सोनारोलाई पनि संक्रमणको आशंका गरिएको छ। बोल्सोनारो बिहीबार आफ्नो आधिकारिक एजेन्डा रद्द गर्दै राष्ट्रपति महलमै रहेको विभिन्न अन्तराष्ट्रिय संचारमाध्यमहरुले उल्लेख गरेका छन्। उनी मेडिकल चेकजाँचमा नै रहेको हुँदा जानकारीहरु सार्वजनिक गरिएको छैन्।

ट्रम्प भन्छन् ‘मलाई कुनै चिन्ता छैन’

वेनगार्टेनमा संक्रमण पोजेटिभ देखिएको रिर्पोट बाहिर आएपछि ट्रम्पले कोरोना भाइसरको बारेमा चिन्ता नरहेको बताए। ट्रम्पले चिन्तित नरहेको र ‘प्रेस सेक्रेटरी’सँगको सम्पर्कलाई अस्वीकार गरे। ओभलमा आयरल्याण्डका प्रधानमन्त्री लियो वराडकरसँग भेट गर्दा ट्रम्पले पत्रकारहरूलाई भने, ‘हामी यसलाई यस्तै तरिकाले राख्छौं : मलाई कुनै चिन्ता छैन।’

ह्वाइट हाउसले बिहीबार ट्रम्प, उपराष्ट्रपती माइक पेन्स र फाबियो वेनगार्टेनबिच कुनै अन्तरक्रिया नभएकाले खतरा नरहेको बताएको छ। “राष्ट्रपति र उपराष्ट्रपति दुबैको सकारात्मक परीक्षण गर्ने व्यक्तिसँग लगभग कुनै अन्तरक्रिया थिएन र यस समयमा परीक्षणको आवश्यकता पर्दैन,“ व्हाइट हाउसका प्रवक्ता स्टेफनी ग्रिसमले एक विज्ञप्तिमा भनिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *