डाक्टरलाई कुट्ने डीएसपी उमेश लम्साललाई जिम्मेवारीबाट हटाइयो

काठमाडौं । महानगरीय प्रहरी वृत महाराजगञ्जका डीएसपी उमेश लम्साललाई जि’म्मेवारी बाट ह’टाइएको छ । ड्यु’टी सकेर फर्कंदै गर्दा त्रिवि शिक्षण अस्पताल महाराजगन्ज र कान्ति बाल अस्पतालका डाक्टर माथि कु’टपिट गरेको आरोप लागेपछि उनलाई वृतको प्रमुखबाट ह’टाइएको हो ।उनलाई महानगरीय प्रहरी कार्यालयमा ता’निएको एसएसपी श्यामलाल ज्ञवालीले विज्ञप्तिमार्फत् जनाएका छन् ।

हिजो साँझ ड्यु’टी सकेर घर फर्किंने क्रममा महानगरीय प्रहरी वृत्त महाजगञ्जका प्रहरीले शिक्षण अस्पतालका डा. शम्भु खनाल, तेजप्रकाश साह र कान्तिका डा. विकास साहमाथि कु’टपिट गरेको आरोप प्रहरीमाथि छ। घ’टनाको अनुसन्धानका लागि एसएसपीको ने’तृत्वमा छा’नबिन स’मिति ग’ठन भएको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीले एसएसपी किरण वज्राचार्यको ने’तृत्वमा ३ सदस्यीय स’मिति ग’ठन गरेको हो ।

समितिमा अ’पराध महाशाखाका एसपी मुकेश सिंह र परिसर काठमाडौंका डीएपी होबिन्द्र बोगटी सदस्य छन् ।डिएसपीसँगै डाक्टरलाई कु’ट्ने अन्य प्रहरीहरूलाई पनि कार्यालय तानेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले बुधबार राति डाक्टरहरू माथि भएको कु’टपिटको घ’टनामा दु’:ख व्यक्त गर्दै अब यस्ता घ’टना नदोहोरिने प्र’तिवद्धता पनि व्यक्त गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *