डीभी जितेका ४०० नेपाली अमेरिका जान रोकिए

काठमाडौं, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डीभी लोटरी एवं कामदार भिसाको माध्यमबाट अमेरिकामा आउन लगाइएको रो’कलाई थप तीन महिना ल’म्बाएका छन् । ट्रम्पले कार्यकारी आ’देशमार्फत गत डिसेम्बर ३१ सम्म कामदार र आ’प्रवासी भिसामा रो’क लगाएका थिए ।

अब यो रो’कावट मार्च ३१ सम्म रहने भएको छ ।तर, जनवरी २० देखि राष्ट्रपतिय अफिस स’म्हाल्ने तयारीमा रहेका जो बा’इडेनले चाहिँ ट्रम्पको यो क’दमको नि’न्दा गरेका छन् । उनले आफू ह्वाइट हाउसमा पुगेपछि ट्रम्पले लगाएका सबै ख’राब अ’ध्यागमन नीतिलाई स’च्याउने बताएका छन् । बाइडेनले यसो भनेपछि जनवरी २० सम्म यो रो’कावट चाहिँ कायमै रहने भएको छ ।

ट्रम्पले प्र’तिबन्ध ल’गाएपछि नेपालबाट डीभी पर्नेहरु अमेरिका जान पाएका छैनन् । २०२१ को लागि डीभी परेकाहरुले भिसा पाएका छैनन् भने २०२० मा डीभी परेका र गएको सेप्टेम्बरमा भिसा पाएका पनि अमेरिका जान पाएका छैनन् ।

सेप्टेम्बरमा भिसा पाएकाहरु मार्चभित्र अमेरिका पुगिसक्नुपर्नेछ । नभए उनीहरुको भिसाको अ’वधी समाप्त हुनेछ । यस्तो बेला उनीहरुको भिसा के हुन्छ भन्नेबारे खुलाइएको छैन ।ट्रम्पले यस्तो निर्णय गर्दा डीभी परेका ४ सय नेपाली नेपालमै रो’किएका छन् । मार्चभित्र अमेरिका नगए भिसा स्थगित हुने जनाइएको छ ।

  • No items

Leave a Reply

Your email address will not be published. Required fields are marked *