तीन दिन हावाहुरी सहित वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

काठमाडौं : पश्चिमी वायु र स्थानीय वायुको प्रभावका साथै बङ्गालको खाडी र अरब सागरबाट समेत आएको जलवाष्पयुक्त हावाको प्रभावले आइतबार देशभर बदली सँगै वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाले निकालेको आगामी तीन दिनको मौसम पूर्वानुमान बुलेटिनमा विगत केही दिनयता देखि नेपालमा कायम पश्चिमी वायु र स्थानीय वायुको प्रभाव अझै सक्रिय अवस्थामै रहेकाले सतर्कता अपनाउन अनुरोध गरिएको छ।

देशका अधिकांश स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुनसक्ने भएकाले महाशाखाले सतर्कता अपनाउन अनुरोध गरेको छ। हाल देशको अधिकांश भूभागमा बदली रहनुका साथै केही स्थानमा मेघगर्जन, चट्याङ सहित वर्षा भएको छ। आइतबार देशको अधिकांश भू-भागमा सामान्य बदली रही केहि स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग/ असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

देशको अधिकांश भू-भागमा सामान्य बदली रही पश्चिमी र मध्य भूभागका केहि स्थानहरुमा र पूर्वी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग/ असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।सोमबार देशको अधिकांश भू-भागमा सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका पूर्वी तथा मध्य भूभागका धेरै स्थानहरुमा र पश्चिमी भू-भागमा केहि स्थानहरूमा मेघगर्जन/ चट्याङ्ग/ असिना सहित वर्षाको सम्भावना रहेको छ। मंगलबार देशको अधिकांश भू-भागमा सामान्यदेखि पूर्ण बदली रहने छ। देशका केहि स्थानहरूमा मेघ गर्जन /चट्याङ्ग/असिनासहित वर्षाको सम्भावना रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *