तीन लाख घुसप्रकरणमा मुछिइन योगेश पत्नी विन्दा, यसरी गरियो बार्गेनिङ

काठमाडौं, २९ फागुन । नर्सिङ काउन्सिलले लिने लाइसेन्स परिक्षामा घुस वार्गेनिङ गरेको आरोप लागेकी जिता बराल भ्रष्टाचार विरोधी अभियान्ता बताउने ज्ञानेन्द्र शाहीकै अभियानका सदस्य रहेको खुलेको छ ।

उनले एक परिक्षार्थीसँग ३ लाख रुपैयाँ घुस लिएको आरोप लागेको थियो । बरालले एक परिक्षार्थीसँग घुस लिएको एकाउन्ट नम्बर र जम्मा भएको रकम बारे गरिएको स्क्रिन सर्ट समेत सार्वजनिक भएको छ ।

यद्धपी यस विषयमा सम्बन्धित निकायले एकिन छानबीन गरिसकेका छैनन् ।विगत लामो समयदेखि भ्रष्टाचार विरोधी अभियान्ता ज्ञानेन्द्र शाहीको सदस्य बनेर हिँडेकी उनी केही महिना अघि मात्रै नेपाल नर्सिङ काउन्सिलको सदस्य निर्वाचित भएकी थिइन् ।

उनी नर्सहरु माझ निकै लोकप्रीय पात्र समेत हुन् ।जिताको एकाउन्ट नम्बरमा २ लाख ५० हजार जम्मा भएको स्क्रिन सर्टमा उल्लेख छ । बाँकी रकम भने रिजल्ट पश्चात जम्मा गर्ने घुस ट्रान्सफर गर्ने व्यक्तिले लेखेको स्क्रिनसर्टमा देखिन्छ।

One Comment

  • Sala kutta sahi samachar bhujera lekh ganendra sahi ko nam kharab garna khojxas j man lagyo teii nalekha bhujis ganendra sahi usaiko poii ko khedo garx ani bhudi chai tesaiko sadasya hunx nachahine kura nagar

Leave a Reply

Your email address will not be published. Required fields are marked *