तीन लाख घुस प्रकरणमा मन्त्री योगश पत्नी विन्दा घिमिरेले मुख खोलिन्

काठमाडौं । नेपाल नर्सिङ काउन्सिलकी सदस्य जिता बरालले एक नर्सलाई नाम निकालिदिने भन्दै तीन लाख रुपैयाँ घुस मागेको भन्दै सामाजिक सञ्जाल फेसबुकको च्याट बाहिरियो । जसमा जिताले रजिस्ट्रार तथा पर्यटनमन्त्री योगेश भट्टराईकी पत्नी विन्दा घिमिरेलाई एक लाख ५० हजार दिनुपर्ने भन्दै लेखेकी थिइन् ।

नर्सिङ काउन्सिलमा नाम निकालिदिने भन्दै आफ्नो श्रीमतीको नाम जोडिएकोमा मन्त्री भट्टराईले बिहीबार दिउँसो आपत्ति जनाएका थिए । यसको केही समयपछि विन्दाले विज्ञप्ति जारी गरेर प्रष्टीकरण दिएकी छन् । च्याटमा जिताले कुरा गरेकी विद्यार्थी काउन्सिलको २४ औँ परिक्षाबाट उत्तिर्ण भएकी छिन । च्याटमा जिताले पैसा माग्दा तीन लाख घटी नसक्ने उल्लेख गर्दै तीन लाखमध्ये १ लाख ५० हजार रूपैयाँ काउन्सिलकी रजिष्ट्रार विन्दाले खाने र बाँकी पनि अरूले बाँडेर खानुपर्ने बताएकी छिन् ।

बरालले गत भदौमा भएको नर्सिङ काउन्सिलको निर्वाचनभन्दा अघि यसरी घुस मागेको च्याट रेकर्डबाट देखिन्छ । ती विद्यार्थीले जिताको नाममा एकैपटक २ लख ५० हजार रुपैयाँ पठाएको च्याटबाट देखिन्छ । जिताले पैसा पठाएको हो भनेर सोध्दा उनले ७१३४६७८९९७ डि ७१२३८७६७५६ डी मा आइएमइ गरेर पैसा पठाएको च्याटमा उल्लेख गरेकी छिन् । यता जिताले लिखित जवाफ काउन्सिल बुझाएको र त्यसमा आफ्नो ‘फेक’ आइडी बनाएर अपराधिक समूहले सोे कार्य गरेको बताएकी विन्दाले दिएको सार्वजनिक प्रष्टीकरणमा उल्लेख गरिएको छ ।

‘उहाँले लिखित रुपमा यो बिषयमा परिषद्लाई जानकारी गराउनु भएको छ र आफ्नो ‘फेक’ आइडी बनाएर अपराधिक समूहले सोे कार्य गरेको परिषद्लाई जानकारी गराउनु भएको छ । साथै ‘फेक’ आइडी बनाउने समूहको पहिचान गरेर कानुनी कारबाहीको लागि सम्बन्धित निकायमा उजुरी समेत दिइसकेको बताउनुभएको छ’, विन्दाले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘नेपाल नर्सिङ्ग परिषद्ले सञ्चालन गर्ने परिक्षा पूर्णत वैज्ञानिक निष्पक्ष र पारदर्शी हुने गर्दछ ।

परिषद् अन्तरगत एक परिक्षा समिति रहने व्यबस्था छ । यसका सबै प्रश्नहरु बस्तुगत हुन्छन् । उत्तरपुस्तिका ‘कोडिङ्ग’ प्रणालीबाट तय गरिन्छ । परिक्षा केन्द्रबाट खामबन्दी भएर आएका उत्तरपुस्तिका परिक्षा समितिका सबै सदस्यहरुको रोहबरमा खोलिन्छ र जाँचका लागि स्क्यानिङ्गमा हालिन्छ । स्कानिङ्गमा हाल्ने वित्तिकै मेसिनले नै स्वत यसको रिजल्ट दिन्छ ।’

यस्तो छ प्रेस विज्ञप्ति :

Leave a Reply

Your email address will not be published. Required fields are marked *