त्रिवि शिक्षण अस्पतालका ३८ चिकित्सकलाई क्वारेन्टाइनमा राखियो

काठमाडौं । अस्पतालमा भर्ना भएकी बालिकामा को;रोना संक्रमण पुष्टि भएपछि त्रिवि शिक्षण अस्पताल ( टिचिङ) का ३८ जना चिकित्सकलाई क्वारेन्टाइमा राखिएको छ । अस्पतालमा रहेकी ६ वर्षीया कोरोना संक्रमित बालिकाको संम्पर्कमा रहेका ३६ जना डाक्टर तथा नर्सलाई क्वारेन्टाइनमा राखिएको अस्पतालका को;रोना व्यवस्थापन समितिका संयोजक डा सन्तकुमार दासले बताए ।

डा डासका अनुसार संक्रमतिको सम्पर्कमा आएका ३८ जना चिकित्सक तथा नर्सलाई अस्पतालको गशेणमानसिंह भवनमा रहेको क्वारेन्टाइमा राखिएको छ। यस्तै संक्रमति बालिका भर्ना भएको न्युरो वार्डलाई सिल गरिएको छ । त्यहाँ ५ जना बिरामीहरु उपचारत छन् । डा दासका अनुसार संक्रमित बालिकालाई पनि अस्पतालको आइसोलेसन वार्डमा राखिएको छ ।

संक्रमित बालिका रहेको न्युरो वार्डमा सील गरिएपनि अस्पतालको ओपिडि र आकस्मिक सेवा भने सुचारु छ । बिहान सार्वजनिक गरेकाे तथ्या‌ंक अनुसार काठमाडौंका एक पुरुष र कपिलवस्तुमा एक बालिकामा संक्रमण पुष्टि भएकाे बताइएको थियो। उनको उपचा रमा संलग्न चिकित्सकसहित उनलाई काठमाडौं ल्याउने आफन्तलाई पनि क्‍वारेन्टाइनमा राखिएको छ। यस्तै न्यूरो वार्डमा रहेका ५ जना बिरामीलाई नै गणेशमानसिंह भवनमा बनाइएको आइसोलेसन वार्डमा सारिएको छ। उनीहरु सबैको थ्रोट स्वाब संकलन गर्ने तयारी भइरहेको अस्पतालले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *