दलित अगुवा कल्यान चुनाराको ७१ बर्षको उमेरमा निधन

कञ्चनपुर : कञ्चनपुरका दलित अगुवा कल्यान चुनाराको बुधवार ७१ बर्षको उमेरमा निधन भएको छ। शुक्लाफाँटा नगरपालिका ११ कलुवापुर स्थित आफ्नै निवासमा चुनाराको निधन भएको हो। नेपाली काँग्रेसनिकट नेपाल दलित संघका पूर्व केन्द्रीय सदस्य रहेका चुनाराले लामो समयदेखि स्वास्थ्य समस्या खेपिरहेका थिए। चुनारा दलित आन्दोलनका अग्रणी व्यक्तिका रुपमा समेत परिचित रहेका थिए।

दलित समुदायको हक-अधिकार स्थापित गर्ने आन्दोलनमा चुनाराको अग्रणी भूमिमा रहँदै आएको थियो। चुनाराको पार्थिव शरीरमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य नारायणप्रकाश साउदले पार्टीको झण्डा ओढाउदै श्रद्धाञ्जली व्यक्त गरेका छन्‌। चुनाराको आजै अन्तेष्टी गरिने बताईएको छ।

पूर्वमन्त्री समेत रहेका साउदले चुनाराले पार्टीको संगठन विस्तार, सुदृढीकरण र दलित आन्दोलनमा योगदान दिएको कुरा सो अवसरमा स्मरण गरे। उनले भने, ‘पार्टीले जुझारु र कर्तव्य निष्ठ अभिभावक गुमाएको छ।’ चुनाराको जन्म विसं २००६ साल फागुन २६ गते डडेल्धुराको अयमेरु गाँउपालिका २ बजिमडामा भएको थियो।

चुनाराले प्रजातन्त्र ल्याउने आन्दोन र लोकतान्त्रीक गणतन्त्र ल्याउने आन्दोलनमा अग्रणी भूमिका खेलेका थिए। दलितका पक्षमा आवाज उठाउने प्रखर नेताका रुपमा चुनाराको पहिचान रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *