दशगजा क्षेत्रमा पाकेकाे गहुँबाली खेतमै कुहिन थाल्याे, भित्र्याउन नपाउँदा किसान चिन्तित

बैशाख २०, कञ्चनपुर । कञ्चनपुरको महाकाली नगरपालिका वडा नम्बर १० स्थित दशगजा क्षेत्रमा पर्ने कुतिया कबरका किसानले खेतमै पाकेको गहुँबाली भित्र्याउन सकेका छैनन् ।

यहाँ पाकेको गहुँबाली भित्र्याउन पनि भारतीय पक्षको भर पर्नुपर्ने हुन्छ । तर अहिले लकडाउनका भारतबाट थ्रेसर (गहुँ काट्ने मेसिन) आउन नसकेपछि यहाँका किसानहरूकाे बाली खेतमै कुहिएर उम्रिन लागेको छ ।

कुतियाकबरमा पैदल जान झोलुंगे पुल रहेको र नेपालबाट गाडी, थ्रेसेर लैजान नमिल्ने भएका कारण भारतीय बजारकाे भर पर्नुपरेकाे हाे । नेपाली बजारबाट झाेलुंगे पुल हुँदै माेटरसाइकल मात्र जान मिल्छ, पक्की पुल नहुँला महाकाली नदी र जोगबुढा नदी तरेर जान सकिँदैन । भारतीय नाका पनि बन्द रहेकाले यहाँका किसान चिन्तित छन् ।

अरु बेला भारतबाट थ्रेसर ल्याएर गहुँ चुट्दै आएका किसान अहिले सीमा नाका सिल भएपछि गहुँ भित्र्याउन समस्या परेको छ । ३७ परिवार रहेको कुतियाकबरका किसानको गहुँ अहिले खेतमै उम्रिन थालेपछि उनीलाइ पाकेकाे बाली नास हुने र भाेकमरी हुने चिन्ताले पिरोलिरहेको छ ।

यता महाकाली नगरपालिकाका मेयर बीर बहादुर सुनारले आफूले दशगजा क्षेत्रमा रहेका किसानको समस्यालाइ थाहा पाएपछि आफैँ कुतियाकबरमा पुगेर थ्रेसर पठाएर केही किसानको गहु समेत काटिसकेको र अब छिट्टै उनीहरुको समस्या हल हुने बताउनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *