दाना नपाएर सबै कुखुरा स्वाहा, करोडौ लगानी डुबेपछि किसान छिनछिनमा बेहोस (भिडियो)

काठमाडौँ। कोरोना भाइरस कोभिड-१९ ले यति बेला विश्व त्रासदीमा छ । आधा विश्व अहिले लकडाउनको स्थितिमा छ । नेपाल पनि विगत १३ दिन देखि लक डाउनमा रहेको छ ।

कोरोना भाइरसको महामारी फैलिन नदिन लकडाउन एउटा उपाय हो । तर लकडाउनले करोडौ मानिसलाई बेरोजगार बनाइसकेको छ । त्यस्तै कृषकलाई पनि ठुलो मार्का परेको छ । यस्तै एक कृषक जो कुखुरा पालन गरेर जीविकोपार्जन गर्दै थिए उनको अवस्था अहिले निक्कै कहाली लाग्दो भएको छ ।

बाँके वैजनाथ गाउँपालिका वडानम्बर २ का दिपक गुरूङले करिब ३ हजार कुखुरा पालन गर्दै आएका थिए । तर कोरोना भाइरसका कारण एकाएक देश लकडाउन भयो । तव उनको दुर्दशा सुरु भयो । उनले बैंकबाट लाखौ रुपैया ऋण लिएर सुरु गरेको खुखुरा पालन अहिले बन्द हुने स्थितिमा पुगेको छ ।

देश पुरा लकडाउनमा गएपछि उनको कुखुरालाई दिने दाना किन्ने पैसा पनि छैन । दाना नभएपछि उनको खोरको कुखुरा धमाधम मर्न थालेका छन् । सरकारले पनि कुनै राहत नदिएको उनको गुनासो छ । भर्खरै तन्ग्रिदै गरेको उनको ब्यबसायमा यस्तो बज्रपात परेपछि उनि कुराकानी गर्दा गर्दै बेहोस भएका छन ।

उनिसंग गरिएको कुराकानी हेर्नुहोस:

Leave a Reply

Your email address will not be published. Required fields are marked *