दिवेश पोखरेल अमेरिकन आइडलको टप २० मा, जजले भने- ‘तिमी उदाउँदो तारा हौ’

काठमाडौं । अमेरिकन आइडलमा सुरु देखि नै जज र फ्यानको मन जिति रहेका नेपाली युवा दिवेश पोखरेल शोको टप २० मा पुगेका छन् । स्टेज नाम आर्थर गनबाट चिनिने दिवेशको टप २० मा छनोट हुने प्रस्तुती हेर्न उनको पूरै परिवार पुगेका थिए । दिवेशलाई अबको यात्राको लागि उनको प्रस्तुतीसँगै सामाजिक संजालमा फलोअरको संख्या पनि चाहिन्छ ।

यसको लागि अमेरिकन आइडलले उनलाई एउटा फेसबुक पेज दिएको छ । यो पेजमा फलो अरको संख्याले उनलाई केही अंक प्राप्त हुनेछ र उनी अर्को राउण्ड सम्म पुग्न सहयोग पुग्नेछ । दिवेशले आफ्नो फेसबुक मार्फत पेज लाइक गर्न तथा शेयर गरी आफन्त तथा साथीभाइलाई लाइक र शेयर गर्न अजनुरोध गरिदिन समेत आग्रह गरेका छन् ।

दिवेशले टप २० प्रवेश गर्नको लागि बब मार्लीको गीतमा प्रस्तती दिएका थिए । हजारौ दर्शकको उपस्थितीमा उनले आफ्नो धमकेदार प्रस्तुती दिएका थिए । उनको प्रस्तुती हेर्न उनको परिवार पनि त्यहाँ उपस्थित थिए । टप २० छान्नको लागि जज लाई निकै सकस परेको थियो । तर, दिवेशलाई टप २० मा लग्न केही सोच्नु नपरेको जजहरुले बताएका छन् । दिवेशलाई टप २० मा छान्दै गर्दा जजले भनेका थिए, ‘तिमी उदाउँदो तारा हौ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *