दुई विश्व युद्ध भोगेका १ सय ४ बर्ष वृद्धले जिते कोरोना भाइरसलाई

काठमाडौं, १६ बैशाख । विश्वमा को;रोना सं’क्रमणका कारण मृत्यु हुनेमा अधिकांश वृद्धवृद्धाहरू छन् । तर, अमेरिकामा एकजना यस्ता व्यक्ति छन् जसले एक सय चार वर्षको उमेरमा को;रोनालाई पराजित गरेका छन् । अमेरिकाको ओरे गन प्रान्तका एक सय चार वर्षीय विलियम बिलको जन्म सन् १९१६ मा भएको हो ।

उनले आफ्नो जीवनकालमा यसअघि पहिलो विश्वयुद्ध, सन् १९१९ को स्पेनिश महामारी, महामन्दी तथा द्वितीय विश्वयु’द्ध लगायतका महासं’कट व्यहोरेका छन् । जीवनको उत्तरार्धमा उनी को;रोना भाइरसबाट संक्रमित भए । निकै जो’खिमयुक्त उमेरमा रहेका बिल जब कोरोना संक्रमित भए तब परिवार तथा डाक्टरहरू पनि चिन्तित भए । तर, यी भाग्यमानी बिलले को;रोना भा’इरसको सं’क्रमणलाई जितेर अहिले निको भइसकेका छन् ।

त्योसँगै उनी भा’इरसको सं’क्रमणबाट निको हुने विश्वको सबैभन्दा वृद्ध व्यक्ति बन्न सफल भएका छन् । निको भई अस्पतालबाट घर फर्किएसँगै गत बुधबार उनले आफ्नो एक सय चारऔं जन्मदिन मनाएका छन् । भाइरसबाट सं’क्रमित भएमा यो उमेरका मानिस हरू बाँच्ने सम्भावना कमै हुन्छ । तर, बिलले कोरोनालाई जित्नु एउटा चमत्कार सरह नै भएको उनको उपचारमा संलग्न चिकित्सकको प्रतिक्रिया छ ।

  • No items

Leave a Reply

Your email address will not be published. Required fields are marked *