दुग्ध पदार्थ खाँदा स्ट्रोकको खतरा घट्ने

दुग्धपदार्थ खाएपछि जीवनको उत्तरार्धमा हृदयघातको सम्भावना घट्न सक्ने अनुसन्धाताहरूले बताएका छन् । चार लाखभन्दा बढी मानिसमा गरिएको एक बृहद् अध्ययनमा दूध, दही र चीज खाँदा स्ट्रोकको जोखिम घट्छ । दिनदिनै दूध पिउनेहरूलाई इस्काएमिक स्ट्रोक ५ प्रतिशतले घट्ने र सानो भाँडोमा दही खाँदा त्यो ९ प्रतिशतले घट्ने देखियो ।

अण्डा खानेहरूलाई चाहिँ हेमोराजिक स्ट्रोकको सम्भावना देखिने अनुसन्धान परिणामले देखाएको छ । अक्सफोर्ड विश्वविद्यालयका अनुसन्धाताहरूले नौवटा युरोपेली मुलुकको खानपानको अध्ययन गरेका थिए । फाइबरयुक्त खानेकुरा, फलफूल र तरकारी खानेहरूलाई स्ट्रोकको सम्भावना कमै रहन्छ ।

प्रमुख अनुसन्धाता डा ट्याम्मी टोङले भने, ‘डेरी उत्पादन बढी खानेहरूलाई इस्काएमिक स्ट्रोकको जोखिम कम हुन्छ । पहिलेका अध्ययनले पनि दुग्ध पदार्थ खाने मानिसमा रक्तचाप कम हुने देखाएको छ र स्ट्रोकको प्रमुख जोखिम त्यही हो । तर फलफूल र तरकारी खानेलाई स्ट्रोकको जोखिम दूध पिउनेलाई भन्दा पनि कम हुन्छ ।’ अध्ययनको निष्कर्ष युरोपीयन हार्ट जर्नलमा प्रकाशित छ । त्यसमा दिनको २०० ग्राम फलफूल र तरकारी खाने मानिसमा इस्काएमिक स्ट्रोकको जोखिम १३ प्रतिशतले घट्ने देखाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *