देश फर्किन नपाएको उनको मनको घाउ माथि फोनबाट आएको खबरले नुनचुक छर्कियो !

प्रकाश चन्द्र भट्ट, दार्चुला । हि’न्दु परम्परा अनुसार काजक्रिया गर्न जन्मथलो अर्थात दि’वन्गत हुनु भएकै ठाउँमा १३ दिन सम्म सेतो कपडा ओढेर गर्नु पर्ने भए पनि दार्चुलाका बासुदेव भट्टलाई भने परदेशमा आमाको क्रिया गर्नु परेको छ ।आफ्नै जन्मभुमि जाने प्रवेशद्धारमा ताल्चा लागेपछि उनी आमाको दा’ह संस्कारमा त उपस्थित हुन पाएनन्, का’जकिरियाका लागि पनि नेपाल प्रवेशको अनुमती नपाएपछि उनी क्वारेन्टाईनमै कि’रिया बसेका छन् ।

जिल्लाको शैल्यशिखर नगरपालिका–१ घर भएका वासुदेव भट्ट दुई साता देखी भारतको क्वारेन्टाइनमा बसेका बेला मंगलवार घरमा आमा बि’तेको खबर पाए पनि जन्म भुमि जान पाएनन्। मंगलवार देखि नै उनी आमाको अ’न्तिम संस्कार र का’ज किरियाका लागि घर फर्किन हा’रगुहार गरिरहेका छन् । “आमा वि’त्दा पनि घर जान पाइएन्, नेपाल सरकारले मलाइ रो’की राखेको छ ।” भट्टले भने—मंगलबार आमा वितेपनि अहिले सम्म घर जान पाईएको छैन् ।

अहिले बासुदेव भारतको बलुवा कोट क्वारेन्टाइन मै सेतो कपडा ओढेर कि’रिया बसेका छन् । तीन महिना अघि भारतमा मजदुरी गर्न गएका भट्ट लक डाउन पछि घर आउँदा धारचुलामा अ’लपत्र परेका हुन् । भट्टलाई नेपाल ल्याउन पहल भइ रहेको तर माथिको आदेश अहिले सम्म नआएको दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी टेकसिंह कुवरले बताए ।

देश फर्किन नपाएको उनको मनको घाउमाथि फोनबाट आएको खबरले नुनचुक छर्कियो । “आमा सम्झिएँ, मन भरिएर आयो”, उनले भक्कानिनु भयो । उनका भाइ लोकेन्द्र भारतकै बेङ्गलोरमा र अर्का भाइ माधव दिल्लीमा छन् । भाइहरु पनि गाउँ पुगेका छैनन् । एक्ला भाइ घरमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *