देश संकटमा पर्दा नेता, व्यापारी जुवा तासमा मस्त, ५ लाखसहित पक्राउ

काठमाडौं । विश्वरभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको सम्भावित संक्रमण फैलिन नदिन सरकारले लकडाउन घोषणा गरेको अवस्थामा जुवा खेल्ने नेता र व्यापारी साढे पाँच लाखसहित पक्राउ पक्राउ परेका छन् । बर्दिया बाँसगढी नगरपालिकामा अवस्थित अतिति होटलमा जुवा तास खेल्दै गरेको अवस्थामा बर्दिया प्रहरीले बिहीबार साँझ सातजना नेता तथा व्यापारीलाई पक्राउ गरेको हो।

पक्राउ परेका केही स्थानीय नेता हुन् भने केही व्यापारी रहेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरुमा बाँसगढी–५ का नरबहादुर वली, सुरश रेग्मी र सोदे विष्ट रहेका छन्। यसैगरि बढैयाताल गाउँपालिका–७ का श्रीकृष्ण गिरी, कोहलपुर नगरपालिकाका पुरन गिरी, शिसिर गिरी र श्याम कँुवर रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक योगेन्द्रकुमार खड्काले जानकारी दिनुभयो।

जुवाखालबाट पाँच लाख ६० हजार ९० रुपैयाँ बरामद गरेको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरु उपर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक राजेशनाथ बाँस्तोलाले बताए। उनीहरुलाई मुद्दा दायर गरी घर परिवारको जिम्मामा पठाइएको छ। लकडाउन सकिएलगत्तै जिल्ला अदालतको आदेशअनुसार जिल्ला प्रहरी कार्यालय बर्दियामा हाजिर गराई कारबाही प्रकृया अघि बढाइने एसपी बास्तोलाले बताउनुभयो।

जनता समाचारबाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *