धार्मिक सभामा सहभागी भएको आशंकामा रौतहटमा ११ जना मस्जिदबाट नियन्त्रणमा

काठमाडौं, २० चैत । कोरोना भाइरस अर्थात कोभिड १९ को संक्रमण रोकथामका लागि भारतले देशलाई लकडाउन गरेको समयमा पनि दिल्लीमा मुस्लिमहरुको धार्मिक सभाको आयोजना भएको थियो । उक्त सभामा नेपाली पनि सहभागी भएको आशंकमा रौतहटका ११ जनालाई नियन्त्रणमा लिएको छ।

नियन्त्रणमा लिएका ११ जनालाई वीरगञ्जस्थित सिद्धार्थ स्कुलको क्वारेन्टाइनमा राखिएको छ । उनीहरुलाई पर्साको पटेर्वा सुगौली गाउँपालिकाको कञ्चनपुर टोलमा रहेको मस्जिदबाट नियन्त्रणमा लिएको जनाइएको छ । प्रहरीका अनुसार हाल क्वारेन्टाइनमा रहेका उनीहरु दिल्लीको धार्मिक सभामा सहभागी भएको या नभएकोबारे अनुसन्धान हुनेछ ।

दिल्लीको उक्त धार्मिक सभामा सहभागी भएको खुलेको २० जना नेपालबाट गएका र त्यहाँ रहेका १३ विद्यार्थीहरु हाल दिल्लीमै छन्। तर, सप्तरीमा दिल्लीको धार्मिक सभामा सहभागी भएका ७ जना फेला परेका छन् । जस कारणले अरु पनि उक्त सभामा सहभागी हुन सक्ने आशंका बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *