नयाँ कोरोना संक्रमित युवा २० दिन अघि १४ जनासहित चितवनबाट सप्तरी आएको खुलासा

काठमाडौँ । सोमबार थपिएका कोरोना संक्रमित युवक चितवनबाट सप्तरी घर पुगेको खुलासा भएको छ । ति युवक २० दिन अघि चितवनबाट सप्तरी गएका स्थानीय जनप्रतिनिधिले जानकारी दिएका छन् । स्थानीयका अनुसार उनी १४ जनाको टोलीसहित चितवन पुगेर सप्तरी फर्किएका बताइएको छ ।

ति १४ जनालाई नै क्वारेन्टाइनमा राखिएको र सबैको आरडीटी गरिएको जनाइएको छ । सबैको आरडीटी परीक्षणमा नेगेटिभ नतिजा देखिएपछि सबैलाई आ आफ्नै घर पठाइएको स्थानीय जनप्रतिनिधिले बताए ।

संक्रमित युवा चितवनमा मजदुरी गर्न गएका बताइएको छ । उनीसँगै गएका अन्य १३ जना पनि मजदुरी नै गर्ने जनाइएको छ । युवकलाई अहिले राजविराजको गजेन्द्र नारायण अञ्चल अस्पतालमा ल्याउने तयारी गरिएको छ । त्यसपछि विराटनगर पठाउने नपठाउनेबारे निर्णय गरिने बताइएको छ ।

हालसम्म नेपालमा १ सय २१ जनामा कोरोना पुष्टि भइसकेको छ । संक्रमितमध्ये ३३ जना निको भएका छन् भने निको भएकामध्ये ३ जनामा पुनः संक्रमण देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *