नायिका वर्षा राउत, भोकै रहेका पशुपंक्षीलाई बाँडिन् आहारा

काठमाडौं । लामो समय देखिको लकडाउनका कारण दैनिक ज्यालादारी गरेर खाने मजदुर भोकै हुने अवस्था सिर्जना भएको छ । त्यस्ता मजदुरहरुका लागि सरकारले राहतको ब्यवस्था गरेको दावी गरेको भएपनि वास्तविकले पाउन सकेका छैनन् । मनकारीहरुले उनीहरुलाई सहयोग पनि गरेका छन् । तर सडकमा हिड्ने र जंगलमा बस्ने जनावरहरुका लागि न सरकारी योजना छ न कसैको ध्यान जान सकेको छ ।

कोरोना भाइरस फैलिन नदिन सरकारले घोषणा गरेको लकडाउन तीन साता लामो भइसकेको छ । तेस्रो पटकका लागि बैशाख ३ गतेसम्म लम्ब्याइएको यो अवधि पुनः थप गर्ने तयारीमा सरकार छ । यो समयमा अत्यावश्यक कामबाहेक घरभन्दा बाहिर निस्कन नपाइने हुँदा मानिसहरुको जनजीवन प्रभावित भएको छ । यसको प्रत्यक्ष असर पशुपंक्षी तथा चराचुरुङ्गीलाई पनि परेको छ ।

विश्वव्यापी फैलिएको कोरोना नेपालमा पनि केहीलाई देखिएको छ । आइतवरसम्म १२ जनामा कोरोना पुष्टि भएको छ । थप फैलन नदिन सरकारले लकडाउनको घोषणा गरेको हो । लकडाउनपछि सार्वजनिक रूपमा रहेका पशुपंक्षी, चराचुरुङ्गीलगायत आहाराको अभावमा म र्ने अवस्थामा पुगेका छन् । यीनीहरुले सामान्य समयमा घुम्न आएका मानिसहरुले दिएको खान्थे । तर, लकडाउनपछि भोकै छन् । यो अवस्थामा विभिन्न व्यक्तिहरुले पशुपंक्षी तथा चराचुरुङ्गीलाई आहाराको व्यवस्था गरिरहेका छन् । यसतर्फ नेपाली सेलिब्रेटीहरु पनि जागरुक हुन थालेका छन् ।

केही मनकारीहरु पशुपति मन्दीर आसपासका क्षेत्रमा पुगेर बाँदर लगायत पशुहरुलाई खुवाउन गएको देखिएको छ । यस्तैमा अभिनेत्री वर्षा राउतले लकडाउनपछि भोकै रहेका पशुपंक्षीलाई आफ्नै हातले आहारा खुवाएकी छन् । आइतवार विहान उनले काठमाडौँको टेकु हुँदै इन्द्रायणी, शोभाभगवती, बिजेश्वरी, स्वयम्भू, बुढानिलकण्ठ, नक्साल भगवती, कमलपोखरीलगायतका स्थानमा पुगेर बाँदर, कुकुर, गाई, चराचुरुंगी र माछालाई बिस्कुट, चामल, मकै, गहुँ, केरा, पानीलगायतका आहार दिएकी हुन् । उनका ति तस्बिर सार्वजनिक भएका छन् ।

केही दिनअघि अभिनेत्री वर्षा सिवाकोटीले पनि सडकमा भोकै रहेका कुकुरहरुलाई खाना खुवाएकी थिइन् भने अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीले भोकै रहेको जनावरलाई खानाको व्यवस्थाका लागि एक लाख रुपैयाँ सहयोग गरेका थिए । अभिनेत्री वर्षा राउतले केही दिनअघि फिल्मका प्राविधिकहरुलाई ५१ हजार नगद पनि सहयोग गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *