नारायणकाजी श्रेष्ठले एक वर्षको तलब कोरोना र विपन्न कोषमा जम्मा गर्ने

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता तथा राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले एक वर्षको पारिश्रमिक नलिने घोषणा गरेका छन् । उनले सोमबार ट्विट गर्दै राष्ट्रियसभाबाट आफूले पाउने एक वर्षको पारिश्रमिक नलिने घोषणा गरेका हुन् ।

श्रेष्ठले एक वर्षमध्ये दुई महिनाको पारिश्रमिक कोभिड–१९ कोषमा र बाँकी महिनाको पारिश्रमिक विपन्न वर्ग केन्द्रित आर्थिक् ारहत प्याकेजमा दिने उल्लेख गरेका छन् ।

“हामी अहिले कोभिड–१९ र उत्पन्न संकटको सामना गरिरहेका छौं । यसबेला एकताबद्ध भई आ–आफ्नो ठाँउबाट भूमिका खेल्नु जरुरी छ । यस स्थितिमा मैले राष्ट्रियसभा सदस्यको एक वर्षको पारिश्रमिकमध्ये दुई महिनाको कोभिड–१९ कोष र बाँकी बिपन्न वर्ग केन्द्रित आर्थिक राहत प्याकेजका लागि दिने घोषणा गर्दछु,” श्रेष्ठले ट्विट लेखेका छन्, “हामी अहिले कोभिड(१९ र उत्पन्न सँकटको सामना गरिरहेका छौं ।

यसबेला एकताबद्ध भई आ–आफ्नो ठाँउबाट भूमिका खेल्नु जरुरी छ । यस स्थितिमा मैले राष्ट्रियसभा सदस्यको एक बर्षको पारिश्रमिक मध्ये दुई महिनाको कोभिड–१९ कोष र बाँकी बिपन्न वर्ग केन्द्रित आर्थिक राहत प्याकेजका लागि दिने घोषणा गर्दछु ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *