निजी क्षेत्रको स्वास्थ्य सामग्री लिन निगमका दुई जहाज चीन जाँदै

काठमाडौं : नेपाल एयरलाइन्सका दुईवटा वाइडबडी जहाज चीन जाने भएका छन्। निजी क्षेत्रका स्वास्थ्य सामग्री लिन ती जहाज चीन जान लागेका हुन्। फ्लास फ्रेट र सांग्रिला फ्रेटको स्वास्थ्य सामग्री लिन ती जहाज चीन जान लागेको नेपाल वायुसेवा निगममले जनाएको छ। पहिलो जहाज ५: ४५ मा र दोस्रो जहाज ५:५५ बजे जान लागेको नेपाल वायु सेवा निगमको प्रवक्ता अर्चना खडकाले बताइन्। उनका अनुसार वाइडबडी एलजेड र एलवाइ जान लागेका हुन्।

लकडाउनयता चीनका लागि नेपाल वायुसेवा निगमको जहाजले चार पटक उडान गरिसकेको उनले बताइन्। पहिलोपट स्वास्थ्य सामग्री लिन र वुहानबाट विद्यार्थी लिएर आउन जहाज चीन गएका थिए।

नेपाली आकाशबाट लकडाउन यता २० भन्दा बढी अन्तर्राष्ट्रिय उडान भइसकेको छ। कतार एयरलायन्सले बढी उडान अनुमति लिएको थियो। नेपाल वायुसेवा निगम, मलेशियन र कोरियन एयरलायन्ससहित विदेशी एयसलायन्सले अनुमति लिएर उडान भरिसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *