नितिका एण्ड राज कन्ट्रक्सन काे सडक निर्माण मा चरम लापरबाही

कार्तिक ५ शुक्रबार, रबिन्द्र बराल – माेरङकाे रंगेली नगरपालिका वडा नम्बर ७ स्थित मालपोत कार्यालय अगाडि देखि मुरारी सोनीको पसल हुँदै वीर वहादुर काे घर अगाडि हुलाकी सडक लाई छुने कालोपत्रे सडक निर्माण काे लागि नगरपालिकाले ९० लाख ३५ हजार ५ सय ९४ रुपैयाँ मा नितिका एण्ड राज कन्ट्रक्सन सप्तरी लाई २०७५ चैत्र १३ गते ठेक्का काे सम्झौता पाएकाे थियो ।

निकिता ले २०७६ असार २० गते निर्माण सम्पन गर्ने भनिएता पनि विभिन्न कारण देखाउदै बारम्बार समय अबधि थप गरेता पनि हाल सम्म पनि उक्त सडक काे काम सम्पन्न हुन सकेको छैन । साे कम्पनी ले कालाेे पत्रे गर्ने काम सुरु गरेता पनि सडकमा भने माटाेे काे मिस्रण नहटाई धुलाे र माटाेे जमेकैैै ठाउँमा रातिको समयम कालोपत्रे गर्नु भन्दा अगाडि गरिने प्राईम काेड लगाएकाे स्थानीय किशन साेनि ले बताए ।

यसरी ठेक्केदार कम्पनी ले रातिको समयमा धुलाे नहटाई प्राईम काेड लगाउदा उक्त सडक कति समय सम्म बलियो र टिकाउ हाेला साेझै अनुमान लगाउन सकिन्छ । साे बिषयमा जानकारी लिनका लागि ठेक्केदार दिनेेश साह लाई सम्पर्क गर्दा उनले साे बिषयमा केेही बाेल्न चाहेनन् ।

साे ठेक्केदार कम्पनी ले सडक निर्माणकार्य गर्दा उक्त सडक काे कुल लागत , ठेक्का पाएकाे सम्झौता र सम्पन हुने समय अबधि काे बारेमा सबै स्थानीय लाई जानकारी गराउन सुचना पाटि अनिवार्य राख्नुपर्ने भएता पनि उक्त कम्पनी ले भने सुचना पाटि समेत कुनै ठाउँमा न रहेको स्थानीयले बताए । यता रंगेली नगरपालिका का मेयर दिलिप बगडिया ले भने ठेक्केदार ले कालोपत्रे गर्ने सडकमा जमेकाे माटाेमा प्राईम काेड लगाएकाे बिषयमा ईन्जिनियर लाई उक्त ठाउँकाे निरिक्षण गरेर ठेक्केदार लाई पुनः सडक मा जमेको माटाे र धुल हटाएर प्राईम काेड नलगाए सम्म अगाडिको काम नगर्ने निर्देशन गरिएको मेयर बगडिया ले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *