निर्दयी घरबेटी : पानीको निहुँमा निभेको ज्योति

काठमाडौं, ३० भदाै । भारत बिहारका ४२ वर्षीय शम्भु महतोले नेपाललाई कर्मभूमि बनाएको दुई दशक नाघ्यो। मोतिहारीको पूर्वी चम्पारण पोस्ट संग्रामपुरस्थित घर छाडेर नेपाल पसेपछि उनी केही वर्ष बारामा बसे। स्थानीयसँग राम्रैसँग घुलमिल भए। त्यहाँ मजदुरी गरेर गुजारा चलाउँथे।

उनी केही समयपछि भारत नै फर्किए। नितुदेवी (मीरा)सँग विवाह गरे। विवाहपछि जीवन धान्न धौधौ पर्‍यो। दुई छोरा भएपछि झनै सकस भयो। जन्मथलोमा काम पाएनन्। उनी नेपालै आए।
यसपटक उनी बारा होइन, काठमाडौं पसे। काठमाडौं आएपछि सार्वजनिक यातायातमा सहचालक भए। आम्दानी हुन थालेपछि उनले परिवारलाई पनि यतै ल्याए। पहिले गाडीमै बास बस्ने उनले कीर्तिपुरको नगाउँमा डेरा लिए। जेठो छोरा राहुल र कान्छो छोरा राजलाई भत्केपाटीस्थित बालकुमारी स्कुलमा भर्ना गरिदिए। कीर्तिपुरमै उनको कान्छो छोरो जन्मियो।

उनी १४ महिनाअघि कीर्तिपुर–७ भाजंगलमा सरे। भूकम्पले चर्किएको घर मासिक ४ हजारमा भाडा लिएर बसे। त्यहाँ घरबेटी बस्दैनथे। नयाँ ठाउँमा सरेपछि छोराहरूलाई पनि त्यही नजिकैको वैष्णवी माविमा भर्ना गरिदिए। जेठा राहुल १०, माइला राज ८ र कान्छो रोशन १ कक्षामा अध्ययनरत छन्।

शम्भु मजदुरी गरेर तीन छोरासहितको परिवार चलाइरहेका थिए। कहिले सार्वजनिक यातायातमा सहचालक त कहिले फलफूल तथा तरकारी व्यवसाय गर्थे। खाली समयमा पाएको काम गर्थे। स्थानीयसँगको सम्बन्ध राम्रै थियो। सबैले माया पनि गर्थे। याे खबर अन्नपूर्ण पाेस्ट दैनिकमा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *