निर्माता मोरानीका दुबै छोरीलाई कोरोना संक्रमण

बलिउड चलचित्रका सफल निर्माता करिम मोरानीका दुबै छोरीलाई कोरोना संक्रमण भएको छ । उनकी कान्छी छोरी साजाको रिपोर्ट आइतबार पोजेटिभ आएको थियो ।

मोरानीको कान्छी छोरीको रिपोर्ट पोजेटिभ आएपछि जेठी छोरी जोयाको पनि कोरोना परिक्षण गरिएको थियो । सोमबार जाँच गर्दा उनको पनि पोजेटिभ रिपोर्ट आएको हो ।

जोयालाई मुम्बइको कोकिलावेन धीरुभाई अम्बानी अस्पतालमा भर्ना गरिएको छ । उनी मार्च महिनाको अन्तिम साता राजस्थानबाट फर्किएकी थिइन् । कान्छी छोरी साजाको भने नानावती अस्पतालमा उपचार भैरहेको छ । उनी, मार्चको पहिलो साता श्रीलंकाबाट फर्किएकी थिइन् । मोरानी परिवार अहिले क्वारेन्टाइनमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *