नेकपाले बोलायो सचिवालय बैठक

काठमाडौं, २५ चैत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले समसामयिक राजनीतिक परिस्थितिका बारेमा छलफल गर्न सचिवालय बैठक बोलाएको छ। लकडाउनपछि नेकपाले पहिलोपटक सचिवालय बैठक बोलाएको हो ।

मंगलबार अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा कोरोना भाइरसको रोकथामका साथै पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल हुने नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो ।

मुलुकमा कोरोना भाइरसले संकट पैदा गरेका बेला सरकारले औषधि तथा उपकरण खरिद गर्ने विषयमा विवाद भएपछि पार्टी भित्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सचिवालय बैठक बोलाउन दबाव परेको थियो ।

त्यसपछि प्रचण्डले प्रधानमन्त्री समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेर सचिवालय बैठक बोलाइएको हो । सरकारले स्वास्थ्य सामग्री खरिद गर्न नेपाली सेनालाई जिम्मा दिएको छ । अझै पनि यो विषयमा आलोचना भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *