नेकपा त ‘हङ्ग पार्टी’ पो भएछ’

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापाले नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्र ठूलै तनाव भएको संकेत गरेका छन्। प्रेस सल्लाहकार थापाले नेकपाका नाममा स्थिरताविरूद्ध चलखेल भएको दाबी पनि गरेका छन्। ‘हङ्ग पार्लियामेन्ट भयो भनेर नेपाली जनताले दुईतिहाइ संख्यामा नेकपालाई जिताइदिए, नाङ्गो भागबण्डाले त हङ्ग पार्टी पो भएछ’, उनले भनेका छन्, ‘जनमतको घोर अपमान, भागबन्डाको स्वाभाविक परिणाम’

उनले सरकारविरुद्ध निरन्तर षडयन्त्र भइरहेको पनि उल्लेख गरेका छन्। ‘पार्टी एकता र त्यसपछिका सहमतिविपरीत षड्यन्त्र र छलछाम गर्ने शिलशिलाको पराकाष्ठा’, उनले अगाडि थपेका छन्, ‘कोरोनाका कारण उत्पन्न राष्ट्रिय संकटविरूद्ध जुधिरहेको र सफल ढंगले काम गरिरहेको सरकारलाई घेराबन्दी गरेर स्थिरताविरूद्ध जारी चलखेल, नेकपाको नाममा।’

उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री ओलीलाई र प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवैबाट राजीनामा दिन भनेको समाचार सार्वजनिक भएको भोलिपल्ट प्रधानमन्त्रीका सल्लाहकारको यस्तो टिप्पणी आएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *