नेकपा सचिवालय बैठक , दश दिनभित्र पार्टी एकताका काम सम्पन्न गर्ने निर्णय

काठमाडौं, ६ असोज । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सम्पन्न भएको छ । आजको बैठकमा दश दिनभित्र पार्टी एकताका बाँकी काम सम्पन्न गर्ने निर्णय भएको छ ।

र, यसको जिम्मा अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल र महासचिव विष्णु प्रसाद पौडेललाई दिईएको छ । त्यस्तै, आजको बैठकमा संवैधानिक तथा राजनीतिक नियुक्तीबारे सबैको सुझाव लिईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *