काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्राउ परेका छन् । जिल्ला प्रशासन तनहुँले जारी गरेको निषेधाज्ञाका उल्लंघन गरेर पुल उद्घाटन गर्न लागेपछि बुधबार दिउँसो उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
उनी पक्राउ परेपछि कांग्रेसका नेताहरुले आपत्ति जनाउँदै ससम्मान रिहाइको माग गरेका छन् । पार्टी सभापति शेरबहादुर देउवाले पनि नेता पौडेललाई तत्काल रिहाइ गर्न माग गरेका छन्।
नेता पौडेललाई पक्राउ गरेपछि कांग्रेसका नेताहरुले आपत्ति जनाउँदै ससम्मान रिहाइको माग गरेका छन् । पार्टी सभापति शेरबहादुर देउवाले पनि विज्ञप्ति निकालेर नेता पौडेललाई तत्काल रिहाइ गर्न माग गरेका छन्।
यस्तै कांग्रेसका नेता तथा सांसद गगन थापाले पनि नेता पौडेलमाथिको दुर्व्यहार ओलीका लागि महँगो पर्ने बताएका छन् । बुधबार सांसद थापाले सामाजिक सञ्जालमा नेता पौडेलको गिरफ्तारी र प्रहरी हस्तक्षेप स्थानीय प्रशासनको एकल निर्णय हुनै नसक्ने बताएका छन् ।
उनले भने – ‘नेका वरिष्ठ नेता रामचन्द्र पौडेलको गिरफ्तारी र प्रहरी हस्तक्षेप स्थानीय प्रशासनको एकल निर्णय र परिस्थितिजन्य प्रतिक्रिया हुनै सक्दैन,होइन। यो नियोजित हो, राजनीतिक प्रतिशोध हो, शक्ति उन्माद हो। यसले यो सरकारको चरित्रलाई उदाङ्गो बनाएको छ।’