नेपालबाट दुबई निर्यात भयो खरबुजा र मेवा

१९ वैशाख, काठमाडौं । नेपालबाट दुबईमा खरबुजा र मेवा निर्यात भएको छ। नेपालको एक निजी एग्रो कम्पनीले दुबईस्थित एक ट्रेडिङ कम्पनीलाई हिजो ७ मेट्रिक टन खरबुजा र १.५ मेट्रिक टन मेवा निर्यात गरेको दुबईस्थित नेपाली दुता बासले जनाएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयको समन्वयमा दुबईको एक व्यापारिक कम्पनीले बुधबार नेपालबाट फलफूल आयात गरेको हो। नेपालबाट बुधबार सात हजार किलो खरबुजा र १५ सय किलो मेवा दुबई पुगेको दुबईका लागि नेपाली राजदूत कृष्ण प्रसाद ढकाल ले ट्वीटर मार्फत जानकारी दिएका छन् ।

नेपालमा उत्पादित फल फूल तथा कृषिजन्य वस्तुहरू युएई आयातका लागि दूतावासले पहल गरिरहेको राजदूत ढकालले उल्लेख गरेका छन् । नेपालमा उत्पादित फलफूल लगायतका अन्य कृषिजन्य वस्तुहरु नेपालबाट युएइमा आगामी दिनमा थप निर्यात हुने विश्वास लिएका छौँ। नेपालको निर्यात प्रवर्द्धनमा आवश्यक समन्वय र सहजीकरण गर्दै जाने कुरा राजदूतावासले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *