नेपालबाट परिवार ल्याउने प्रक्रियामा रहेका युवाको अमेरिकामा सुतेकै अवस्थामा निधन

अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा एक नेपाली युवाको सुतेकै अवस्थामा निधन भएको छ । बाग्लुङका ३१ बर्षिय सुनिल केसी मृत अवस्थामा भेटिएका हुन् । काम गर्ने स्टोरको माथिल्लो तल्लामा बस्दै आएका केसी दुईदिनदेखि काममा नआएपछि स्टोर मै काम गर्ने सहकर्मीहरुले खोजी सुरु गरेका थिए । ढोका नखोलेपछि प्रहरीलाई खबर गरिएको थियो । प्रहरीले आएर ढोका खोल्दा उनको मृत्यु भइसकेको थियो ।

केसी बाग्लुङको बाग्लुङ नगरपालिकाका हुन् । केसीको शव पोष्टमार्टमपछि बाल्टिमोरको कोरोनरी हाउसमा राखिएको जनाइएको छ । उनको मृत्युको कारण खुलिसकेको छैन । नेपालमा रहेको उनको परिवारले उनको शव नेपाल मै पठाउन अनुरोध गरेका छन् । हालैमात्र अमेरिकामा बस्ने कानुनी हैसियत प्राप्त गरेका केसीले नेपालबाट श्रीमती र छोरी ल्याउने प्रक्रिया गरिरहेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *