नेपालमा काम गर्ने भारतीयले बर्षेनी तीन खर्ब लैजान्थे, कोरोनाले त्यो जोगिने भयोः शंकर पोखरेल

काठमाडौं । प्रदेश ५ को मुख्यमन्त्री शंकर पोखरेलले कोरोना महामारीका कारण नेपालको अर्थतन्त्रमा कुनै समस्या नआउने तर्क गरेका छन् । योहो टेलिभिजनसँगको कुराकानीमा उनले नेपालीहरुले भारतबाट एक खर्बको रेमिटान्स ल्याउने गरेकोमा भारतीयले नेपालबाट तीन खर्ब लाने गरेको तथ्य प्रस्तुत गर्दै त्यो हिसाव गर्दा पनि कोरोना महामारीका कारण दुई खर्ब रुपियाँ बचत हुने बताएका छन् ।

हामीले रेमिटान्स ल्याएका छौं भन्ने बुझाइ मात्रै पनि गलत हो भन्दै पोखरेलले भारतीय कामदारहरु नल्याइकन काम गर्दा दुई खर्ब रुपियाँ बचत गर्न सकिने तर्क गरे । त्यसका लागि नेपाली श्रम शक्तिलाई तयार गर्नुपर्ने उनको भनाई छ । मुख्यमन्त्री पोखरेलले भारतीय कामदारको विकल्प खोज्नुपर्ने बताए पनि नेपालीहरुमा त्यो किसिमको काम गर्ने संस्कार नै छैन् ।

उनले तीन खर्बको श्रम बजारमध्ये एक खर्ब भारतीयले लिए पनि दुई खर्ब नेपालीका लागि ठाउँ रहेको बताए । पोखरेलले लकडाउन गर्ने मोडलले अर्थतन्त्रलाई कमजोर बनाए पनि नेपालको अर्थतन्त्र अन्य मुलुकको जस्तो नभएकाले ठूलो समस्या नआउने तर्क गरे । उनले सरकारले उद्योगधन्दाहरु खोल्ने र विकास निर्माणका कामअघि बढाउने निर्णय गरेकाले अब रोजगारीहरुका अवसरहरु बढ्दै जाने जिकिर गरे ।

नेपामा निर्वाहमुखी र अनौपचारिक अर्थतन्त्रताको दायरा ठूलो रहेको र विश्व पुँजीबजारको ढाँचामा हाम्रो अर्थतन्त्र प्रवेश नगरेकाले उनीहरुलाई आउने संकट नेपाललाई नआउने पोरखेलको विश्लेषण छ । अर्थशास्त्रीहरुले बाहिर हेरेर संकटको कुरा गरे पनि त्यस्तो नहुने उनको भनाई छ ।

नेता पोखरेलले प्रत्येक बर्ष तयार हुने पाँच लाख नयाँ श्रमशक्ति र बाहिरबाट फर्किने पाँच–सात लाख गरी बढिमा १२ लाख श्रमशक्तिको व्यवस्थान गरे पुग्ने बताए । नेपालको जुन किसिमको कृषिको अवस्था छ, त्यहीं नै उनीहरुलाई लगाउन सकिने भन्दै उनले खेतबारी बाँझै भएकाले व्यवसायिक खेतीमा लगाएर अधिकांशलाई त्यहीं व्यवस्थापन गर्न सकिने बताए ।

श्रम केन्द्रित र स्वरोजगारका कार्यक्रम ल्यायो भने अहिलेको समस्यालाई समाधान गर्न सकिने भन्दै पोखरेलले कोरोनालाई धेरै हदसम्म सरकारले नियन्त्रणमा राखेकाले पनि आर्थिक समस्या ठूलो नआउने बताए ।

थप कुराकानी भिडियोमा:

  • No items

Leave a Reply

Your email address will not be published. Required fields are marked *